१४ माघ २०७८ शुक्रबार
स्वास्थ्य

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा महिला स्वास्थ्यसम्बन्धी कल्याणकारी योजना सुरु

सशस्त्र प्रहरी परिवार महिला संघले महिला स्वास्थ्यसम्बन्धी कल्याणकारी योजना सुरु गरेको छ। बिहीबार नेपाल एपीएफ अस्पतालमा आयोजित एक कार्यक्रमका बीच संघकी अध्यक्ष सरिता कणेल खनालले सो योजनाको सुरुवात गरिन्।

सो अवसरमा उनले उक्त कल्याणकारी योजनाको अफिस, महिलाको पाठेघरसम्बन्धी विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण तथा ‘भीआईए, भीआईएलआई जाँच, रोगको पहिचान तथा उपचार तालिम’को उद्घाटन गरिन्। त्यसैअवसरमा अध्यक्ष खनालले महिलाहरुको पाठेघरको उपचारमा सहयोग पुग्ने आधुनिक उपकरण खरिद वापत लागेको रु. पाँच लाख बराबरको चेक एपीएफ अस्पताललाई सहयोगस्वरुप हस्तान्तरण गरिन्।

देशभरका आर्थिक अवस्था कमजोर भएका पाठेघरसम्बन्धी समस्या भोगिरहेका महिलाहरुको उपचारको लागि सशस्त्र प्रहरी परिवार महिला संघको सिफारिसमा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सरको पहिचान तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यकासाथ संघले उक्त योजना कार्यान्वयनमा ल्याएको हो।

कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनले कोभिड–१९ महामारी पीडितको उपचारमा अस्पतालले प्रदान गरेको सेवाको विभिन्न क्षेत्रहरुबाट प्रशंसा भएको चर्चा गर्दै अस्पतालमा थप भएको आधुनिक उपकरणहरुको प्राप्तिसँगै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, स्थानीय सर्वसाधारण नागरिक तथा मानव सेवा आश्रमका बेसहारा, अशक्त, असहाय एवं अभिभावक विहिनहरुको निःशुल्क उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताए।

विसं २०५९ साल असार १७ गते स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघ निःस्वार्थ सेवा भावकासाथ समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै सिमान्तकृत तथा पिछडीएका क्षेत्रका बालबालिकाहरुको निःशुल्क अध्ययन, जेहेन्दार छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान, विपद् प्रकोप पिडीतहरुलाई राहत वितरण, देशका विभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर संचालन, राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीका श्रीमतीहरुलाई स्वरोजगारमूलक तालिम प्रदान, जनचेतनामुलक कार्यक्रम, रक्तदान लगायत बागमती सरसफाई महाअभियानमा सहभागिता जनाउँदै आफ्नो क्षमताले भ्याएसम्म संघको उद्देश्य प्राप्तीमा निरन्तर कृयाशील रहेको छ ।

प्रकाशित: १५ आश्विन २०७८ २०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App