१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

१,३१८ जना कोरोना संक्रमणमुक्त,१,१५८ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा १ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। सोही अवधिमा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दै ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेका छन्। जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन्।

प्रकाशित: १२ आश्विन २०७८ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App