coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा १७९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जनामा कोरोना संक्रमित थपिएका छन्। ६ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६१ र १ सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८,  भोजपुरमा १, खोटाङ, संखुवासभा, तेह्रथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो। झापाको दमकमा १८, विर्तामोडमा १४, कनकाईमा १०, शिवसताक्षी, बुद्धशान्ति, अर्जुनधारा र कमल गाउँपालिकामा ५–५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, गौरादह र गौरीगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ।   मोरङको विराटनगरमा ३६, उर्लाबारीमा ४, रतुवामाईमा ३, लेटाङ, बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैचा र केराबारीमा २–२, बुढीगंगा, ग्रामथान र कानेपोखरीमा १–१ जनामा संक्रमण देखिएको छ।  सुनसरीको इटहरीमा ८, रामधुनीमा ५, बराहक्षेत्रमा ३, धरानमा २, देवानगञ्ज, इनरुवा, दुहवी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङमा १, भोजपुरको भोजपुर नगरपालिका, खोटाङको खोटेहाङ, संखुवासभाको खाँदबारी, तेह्रथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा आइतबार ३ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ६१ महिला र १ सय ४६  पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७८ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App