१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

फोक्सो र मुटुका बिरामीलाई छ लाख सहयोग

पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले छ लाख १० हजार रूपैयाँ सहयोग गरेका छन्। लामो समयदेखि फोक्सो र मुटुका बिरामी ५८ वर्षीय तामाङ पूरै अक्सिजनको भरमा मात्र बाँचिरहेको उनको परिवारले जनाएको छ।

उनको उपचारका लागि बेलायतमा दामी तामाङको नेतृत्वमा र इजिप्टमा पिङ्की तामाङको नेतृत्व तथा वडाध्यक्ष ङिमाछिरिङ तामाङको समन्वयमा उक्त रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ। अहिलेसम्म उपचारमा नौ लाख रूपैयाँ खर्च भएको तथा अब खर्च धान्ने अवस्थामा परिवार नरहेकाले सहयोग सङ्कलन थालिएको वडाध्यक्ष तामाङले बताए।

बेलायतबाट चार लाख १० हजार रूपैयाँ र इजिप्टबाट दुई लाख रूपैयाँ सहयोग प्राप्त भएको हो।

प्रकाशित: ७ आश्विन २०७८ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App