७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भारतले कोरोना खोपको निर्यातमा लगाएको बन्देज हटायो, आगामी महिनादेखि सुचारु हुने

भारतले आगामी महिनादेखि कोभिड १९ विरुद्धको खोप निर्यात सुचारु गर्ने भएको छ। विगत ७ महिनादेखि छिमेकी देशहरुलाई दिइरहेको कोभिड १९ विरुद्धको खोप निर्यातमा लगाएकाे राेकलाई हटाउँदै भारतीय स्वास्थ्य मन्त्री मन्सुक मान्डभियाले आज सो घोषणा गरेका हुन्।

नेपालले २० लाख कोभिशिल्ड भ्याक्सिन खरिद सम्झौता गरेपनि अदालतको आदेश अनुसार भारतले १० लाख खोप निर्यात गरेपछि बाँकी खोप स्थगित गरिएको थियो।

उक्त घोषणामा छिमेकी राष्ट्रहरुलाई प्राथमिकतामा राख्ने स्वास्थ्य मन्त्री मान्डभियाले बताए।

आगामी महिनादेखि खाेपकाे उत्पादनमा वृद्धि गर्दै ३० करोड डोज पाउने सम्भावना देखाउँदै उनले खोप निर्यात गर्ने जानकारी दिएका हुन्।

प्रकाशित: ४ आश्विन २०७८ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App