प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ३७ जनामा कोरोना संक्रमित थपिएका छन्। ७ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ सय ९१ र २ सय ८४ जनाको एन्टीजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, झापामा ६७, सुनसरीमा ३२, इलाममा ३, पाँचथरमा २, धनकुटा, भोजपुर, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा २६, बेलबारीमा ४, उर्लाबारीमा २, ग्रामथान र पथरीशनिश्चरे १–१ जनामा संक्रमण देखिएको छ। झापाको बिर्तामोडमा ११, अर्जुनधारामा १०, मेचीनगर र कनकाईमा ९–९, दमकमा ८, शिवसताक्षीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ३–३, गौरादह, बाहृदशी र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल र हल्दिबारीमा १–१ जनामा संक्रमण देखिएको छ।
सुनसरीको इटहरीमा २७, बराहक्षेत्रमा २, बर्जु, रामधुनी र गढीमा १–१, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको हिलिहाङ र फिदिममा १–१, धनकुटाको चौवीसे, भोजपुरको आमचोक, उदयपुरको बेलका, संखुवासभाको खाँदबारी र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा आइतबार ३ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ६१ महिला र १ सय ४३ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रकाशित: २७ भाद्र २०७८ ११:४९ आइतबार