११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ६ सय ११ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार ३ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङमा १ सय १३, सुनसरीमा १ सय ८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, उदयपुरमा ४, संखुवासभामा ३, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ४८, बेलबारीमा २४, सुन्दरहरैँचामा १७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरी र मिक्लाजुङमा ३–३, लेटाङ, ग्रामथान र पथरीशनिश्चरेमा २–२, कानेपोखरी र केराबारीमा १–१, सुनसरीको इटहरीमा ७५, धरानमा १८, रामधुनीमा ५, बराहक्षेत्र र स्थानीय तह नखुलेका ४–४, इनरुवामा २, झापाको दमकमाम ५९, भद्रपुरमा ८, विर्तामोडमा ७, हल्दिबारी र कमल गाउँपालिकामा ३–३, गौरादह र मेचीनगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका २–२, चौबिसेमा १, इलामको इलाम नगरपालिका, माई, चुलाचुली, मांसेबुक र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा ३, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारीमा ३, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधबार ५ सय ५४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ६० महिला र २ सय ९४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७८ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App