११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३ सय ९ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार  ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय २ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६५ महिला र १ सय ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङमा ९९, झापामा ९८, सुनसरीमा ८५, धनकुटामा १२, इलाम र उदयपुरमा   ३–३, भोजपुरमा २, संखुवासभा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएको   छ । मोरङको विराटनगरमा ६१, बेलबारीमा २२, मिक्लाजुङ, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, केराबारीमा २,उर्लाबारी, सुनबर्षी, ग्रामथान र कटहरीमा १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।  झापाको दमकमा २७, विर्तामोडमा २५, भद्रपुरमा १४, मेचीनगरमा ९, कनकाईमा ८, अर्जुनधारामा ७, शिवसताक्षीमा ३, कमल गाउँपालिका, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ।  

सुनसरीको धरानमा ५१, इटहरीमा २३, बराहक्षेत्रमा ५, इनरुवा र स्थानीय तह नखुलेका ३–३, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ।

इलामको इलाम नगरपालिका, सुर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ९ सय ३७ पुगेको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा बिहीबार ४ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ।

प्रकाशित: ३१ असार २०७८ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App