५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

२५ जनाको एन्टिजेन गर्दा २३ जना पोजेटिभ

गोरखाको शहीदलखन गाउँपालिकामा वडा नम्बर ८ छापथोक हटियामा बिहिवार २५ जनाको एन्टिजेन जाँच गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ।  

संक्रमितमध्ये १३ महिला र १० जना पुरुष छन्। सोही ठाउँका एक जना कृषिका कर्मचारीको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि बिहीबार कन्ट्याक्ट ट्रेसिङ गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए।  

‘पोजेटिभ रिपोर्ट आएकाहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण थियो’ स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भने ‘शुक्रबार स्क्रिनिङ गरेर शनिबार पीसीआर गर्ने योजना बनाएका छौँ।’  

गोरखामा अहिले पनि सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।

प्रकाशित: ३१ असार २०७८ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App