११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३ सय ७ संक्रमित थपिए, ३ सय ८ संक्रमणमुक्त

प्रदेश १ मा बिहीबार ३ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। सुनसरीमा १ सय २०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराहक्षेत्रमा २–२, दुहबी, गढी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २२, दमकमा २१, भद्रपुरमा ११, कनकाईमा ९, मेचीनगरमा ८, अर्जुनधारा र बुद्धशान्तिमा ५–५, गौरादहमा ४, हल्दिबारीमा ३, शिवसताक्षीमा २, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५५, केराबारीमा ११, पथरीशनिश्चरेमा ६, सुन्दरहरैँचामा ५, कटहरीमा २, उर्लाबारी, बुढीगंगा, रतुवामाई र लेटाङमा १–१, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुली र मांसेबुङमा १–१, खोटाङको खोटेहाङ र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ७४ हजार ५ सय ५० पुगेको छ। संक्रमित भएका मध्ये ६७ हजार ५ सय ६८ जना संक्रमणमुक्त भएका छन्। बिहीबार ३ सय ८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ४९ रहेको छ।

प्रदेशमा बिहीबार ८ सय ६७ जनाको पिसिआर परीक्षण गरिएको छ। पिसिआर परीक्षण गरिएका मध्ये १ सय ५५ महिला र १ सय ५२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: २४ असार २०७८ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App