१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

असार १३ बाट ताप्लेजुङ अस्पतालले ओपिडीसहितका सेवाहरु सुरु गर्ने

कोरोना संक्रमणको दर केही मथ्थर हुन थालेको भन्दै ताप्लेजुङ जिल्ला अस्पतालले आउँदो आइतबारबाट ओपिडीसहितका सबै सेवा सुचारु गर्ने भएको छ।  

जिल्ला अस्पतालले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै असार १३ गते आइतबारबाट अस्पताल पूर्ण रुपमा खुल्ला गरिने जानकारी गराएको हो। ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले ताप्लेजुङमा कोभिड–१९ को संक्रमण दर घट्दै गएको र बन्दाबन्दी समेतमा क्रमशः खुकुलोपन आउन थालेकोले अस्पतालले समेत ओपिडीसहितका सेवा सुरु गर्ने जानकारी दिए।  

ताप्लेजुङमा गत वैशाख २० गतेबाट बन्दाबन्दी कायम भएपनि बन्दाबन्दीका सर्तहरु क्रमशः खुकुलो बनाउँदै लगिएको छ। बन्दाबन्दी सुरु भएको केही दिनपछिबाट ताप्लेजुङ अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको थियो।

प्रकाशित: ११ असार २०७८ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App