२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

असार १ गतेदेखि राप्ती प्रतिष्ठानले आइसियू सेवा सुरु गर्ने

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपिडी र आइसियू सेवा फेरि सुरु गर्ने भएको छ। कोभिड– १९ को महामारी तथा तीब्र संक्रमणका कारण प्रतिष्ठानले गत बैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो।

पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको तथा अन्य रोगका बिरामीको सेवालाई मध्यनजर गर्दै ती सेवाहरु सुरु गर्न लागिएको प्रतिष्ठान प्रशासनले जाकारी दिएको छ। उस्ले आइसियू सेवा समेत सुरु गर्ने र जटिल प्रकृतिका रोगका बिरामीहरुको समेत उपचार सुरु हुने जानकारी दिएको छ।

तर, प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, जेष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी आउन आग्रह पनि गरेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App