१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार, आइतबार घर फर्काइने

वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि गत बुधबार साँझबाट ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए।  

उनले भने, ‘आज उहाँको अवस्था सामान्य भइसकेको छ। साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो। कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो।’  

भतिज अजरमान जोशीले वाङ्यमय शताब्दी पुरुष जोशीको स्वास्थ्यमा निकै सुधार भएको र आउँदो आइतबार घर फर्काइने सम्भावना रहेको बताए। 

प्रकाशित: २८ जेष्ठ २०७८ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App