५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

इटहरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

इटहरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै। तस्बिर: नागरिक

इटहरीमा सञ्चालित एक नीजि बोर्डिङ् स्कुलमा अध्ययन गरेका पूर्व विद्यार्थीले विहीबार इटहरी अस्पतालका लागि स्वास्थ्य उपकरण तथा सामग्रीहरु हस्तान्तरण गरेका छन्। 

सेकेण्डरी बोडिङ् स्कूलमा बि.स.२०४९/५० सालमा अध्ययन गरेका पूर्व विद्यार्थीको समूहले कोविडको महामारीका समयमा आम नागरिकले सुलभ र सहज स्वास्थ्य सेवा प्राप्त गर्न होस् भन्ने उद्देश्यले झन्डै तीन लाख ३७ हजार बराबरका स्वास्थ्य उपकरण तथा सामाग्री इटहरी अस्पताललाई हस्तान्तरण गरेका छन्।  

पूर्व विद्यार्थी समाजका संयोजक डाक्टर बेन लिम्बूले इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीलाई उक्त सामाग्रीहरु इटहरी अस्पतालमा हस्तान्तरण गरे । वितरीत सामाग्रीमा नन् इन्भेसिभ भेन्टिलेटर एक थान, थरमल गन १० थान, पल्स अक्सिमिटर १० थान, मेडिकल स्ट्रेचर चक्का सहितको नौ थान, रबराईज्ड पिपिई सेट २५ थान, एन ९५ माक्स १०० थान, फेस माक्स १२ हजार ५ सय थान लगायतका सामाग्री रहेका छन्।

हस्तान्तरण कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख  द्वारिकलाल चौधरीले इटहरीका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा भावले गरिएको सहयोग महत्वपूर्ण रहेको बताए। 

सो क्रममा पूर्व विद्यार्थीहरु अनुरोध थापा, राजु थापा, सुमित थापा, रन्जन ओझालगायतले सहयोगको सानो प्रयास भए पनि भविश्यमा इटहरी अस्पताललाई मजबुत र सुविधा सम्पन्न बनाउन आफूहरुको पहल रहने बताएका थिए। स्वास्थ्य सामग्री उपलब्ध गराउन रिना सुब्बा, बिनोद खड्का, यसोदा राई, भोज सिग्देल, बेन लिम्बू, अरुणा लिम्बू, कमल राठी, बिकाश काफ्ले, प्रमिला कडेँल, मञ्जु सुवेदी, प्रताप राई निरज खड्का, रबि न्यौपाने, सौरभ आचार्य, शेखर खनाल, प्रज्वल क्षेत्री, उत्तम बराल र सञ्जु शर्माले जनही सहयोग रकम संकलन गरेका थिए।

प्रकाशित: २७ जेष्ठ २०७८ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App