२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘छुट्टै भेरियन्ट फेला परेको छैन’

नेपालमा कोरोना संक्रमणको कुनै नयाँ भेरियन्ट फेला नपरेको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले जनाएको छ। बेलायतलगायत अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको भन्दै समाचार प्रकाशित गरेकोमा मन्त्रालयले खण्डन गरेको छ।

‘डेलिमेल’ अन्तर्राष्ट्रिय अनलाइनमा नेपालमा उत्पत्ति भएको कोभिड–१९ विरुद्धको खोप रेसिस्टेन्स भएको कोरोना भेरियन्टको कारण वैदेशिक बिदा प्रभावित भएको समाचार प्रकाशित भएपछि मन्त्रालयले खण्डन गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै नेपालमा विश्व स्वास्थ्य संगठनले नाम दिएका कोरोना भाइरसका भेरियन्ट अल्फा र डेटा मात्र रहेको र तीबाहेक नयाँ भाइरस नरहेको जनाएका छन्। विश्व स्वास्थ्य संगठनले विश्वभर फैलिएको कोरोना भाइरसको भेरियन्टलाई ‘अल्फा, डेल्टा, गामा र कप्पा’ नाम दिएको छ। 

तीमध्ये नेपालमा हाल फैलिएको अल्फा युके भेरियन्ट र डेल्टा बी १.६१७.२ भारतीय भेरियन्ट मात्र फैलिसकेकोमा हाल भारतीय भेरियन्ट मात्र सक्रिय पाइएको छ। योबाहेक हाल अन्य कुनै भेरियन्ट पुष्टि नभएको प्रवक्ता पौडेलले बताए। यी सबै यसअघि नै अन्य देशमा फैलिइसकेका प्रजातिका हुन्।

अनलाइनमा समाचार प्रकाशित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतस्थित स्वास्थ्य नियामक निकाय (आइएचआर)लाई पत्र लेखी यथार्थ जवाफको प्रतीक्षामा रहेको प्रवक्ता पौडेलले बताए। ‘हामीले बेलायतको आइएचआरलाई पत्र लेखेका छौं र जवाफको प्रतीक्षा गरिरहेका छौं,’ उनले भने।

प्रकाशित: २१ जेष्ठ २०७८ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App