प्रदेश १ मा बुधबार ८ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३ सय २२, सुनसरीमा २ सय ८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ७८ महिला र ९१ पुरुष सहित १६९, सुन्दरहरैचामा ४५, रंगेलीमा २८, कटहरी र बुढीगंगामा १४–१४, पथरीशनिश्चरेमा १३, केराबारीमा १०, उर्लाबारीमा ९, सुनबर्षी र जहदामा ४–४, ग्रामथानमा ३, मिक्लाजुङ, धनपालथान र स्थानीय तह नखुलेका २–२ छन्। बेलबारी, रतुवामाई र लेटाङमा १–१, सुनसरीको इनरुवामा १ सय ५, इटहरीमा ७१, देवानगञ्जमा ४०, धरानमा ३१, दुहवीमा १०, रामधुनीमा ८, बराहक्षेत्र र गढीमा ४–४, भोक्राहानरसिह र स्थानीय तह नखुलेका २–२, हरिनगरा, बर्जु, कोशी गाउँपालिकामा १–१ जना छन्।
झापाको दमकमा ५६, कमल गाउँपालिकामा ७, गौरादहमा ६, भद्रपुरमा ४, विर्तामोड र शिवसताक्षीमा ३–३, मेचीनगरमा २, कचनकवल, बाह्रदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
त्यसैगरि पाँचथरको फिदिममा ५२, फालेलुङ, हिलिहाङ र फाल्गुनन्दमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २०, साँघुरीगढीमा १४, छथरमा १०, पाख्रिवासमा ४, संखुवासभाको चैनपुरमा ३०, खाँदबारीमा ९, मादीमा १, खोटाङको हलेसीतुवाचुङमा १५, भोजपुरको षडानन्दमा ६, भोजपुर नगरपालिकामा १ जना थपिएका छन् उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, स्थानीय तह नखुलेका १, ते¥हथुमको लालीगुराँसमा २, इलामको चुलाचुली र इलाम नगरपालिकामा १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ६३ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार २१२ जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित: १२ जेष्ठ २०७८ १३:२२ बुधबार