१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रहरीलाई उद्योग वाणिज्य संघको मास्क र सेनिटाइजर

प्रहरीलाई मास्क र सेनिटाइजर प्रदान गर्दै उद्योग वाणिज्य संघको टोली । तस्बिर: नागरिक

उद्योग वाणिज्य संघ खोटाङले मध्यपहाडी लोकमार्ग आसपासमा रहेका प्रहरीचौकीका प्रहरीलाई मास्क र सेनीटाइजर प्रदान गरेको छ। 

आफ्नो ज्यान जोखिममा राखेर मध्यपहाडी लोकमार्ग अन्र्तगत दिक्तेल–जयराम सडक खण्डका विभिन्न स्थानमा नागरिकको स्वास्थ्य सुरक्षार्थ खटिएका प्रहरीलाई संघले करिब तीन/तीन सय मास्क र एक/एक बोत्तल सेनीटाइजर प्रदान गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायीक सेवा केन्द्र, प्रहरीचौकी नुनथला, प्रहरीचौकी अर्खौले, ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी च्यास्मीटारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको संघका अध्यक्ष उपिनकुमार राईले बताए ।  

वाणिज्य संघले सामाजिक उत्तरदायित्व वहन गर्नेक्रममा अग्रभागमा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षाका लागि सुरक्षा सामग्री प्रदान गरेको हो। जिल्ला प्रहरी कार्यालयलाई पनि मास्क प्रदान गर्ने तयारी गरिएको बाणिज्य संघले जनाएको छ। 

प्रकाशित: ८ जेष्ठ २०७८ ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App