८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

इटहरीबाट हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं

इटहरीका कोरोना संक्रमित एक परिवारका सासु-बुहारीलाईं बुधबार उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ।  

इटहरी वडा नं. ६ की ८२ वर्षीया भद्रकुमारी श्रेष्ठ र उनकी बुहारीलाईं उपचारका लागि काठमाडौं लगिएको हो। भद्रकुमारी र उनकी बुहारीलाईं श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो।  

इटहरी वडा नं. ६ का वडाअध्यक्ष दिपक गौतमका अनुसार भद्रकुमारीलाईं कोरोनासँगै अन्य रोग पनि भएकाले नियमित चेकजाँच गर्ने चिकित्सकसँगको समन्वयमा लगिएको हो। ‘भद्रकुमारीको ज्वरो घटेन र अरु पनि रोग भएकाले गर्दा नियमित चेकजाँच गर्ने चिकित्सकसँगको समन्वयमा लगिएको हो। सासुलाईं काठमाडौं लगेपछि बुहारीलाई पनि सँगै लगिएको हो,’ उनले भने, ‘यहाँ राखेर उपचार गर्दा स्वास्थ्य अवस्था जटिल बन्दै गएमा समस्या हुने भएकाले गर्दा लगिएको हो।’  

भद्रकुमारीलाई मेडिसिटी अस्पतालमा भर्ना गरिने जानकारी दिइएको छ। श्रेष्ठ परिवारमा तीन जनालाईं कोरोना पोजेटिभ पुष्टि भएको छ।

प्रकाशित: ५ जेष्ठ २०७८ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App