१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

६२ पुग्यो खोटाङमा संक्रमितको संख्या

खोटाङमा ३ जना संक्रमित थपिएका छन्। एन्टीजेन तथा पीसीआर परीक्षणका क्रममा मंगलबार हलेसी तुवाचुङ नगरपालिकाका २ जना र ऐसेलुखर्क गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

यससँगै जिल्लामा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ६२ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २६ जना, हलेसी तुवाचुङ नगरपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२ जना, ऐसेलुखर्क गाउँपालिकामा ७ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना र खोटेहाङ गाउँपालिकामा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५३ जना होम आइसोलेसनमा र ९ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ।  

संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआर तथा एन्टिजेन परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ। जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ।

प्रकाशित: २८ वैशाख २०७८ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App