११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

गोरखामा संक्रमितको चाप बढ्यो: आँगनमा उपचार, सुत्केरी टेन्टमा

गोरखा अस्पतालको आँगनमामा उपचाररत कोरोना संक्रमित बिरामी। तस्बिर:नरहरि/नागरिक

गोरखा अस्पतालमा कोरोना संक्रमित बिरामीलाई आँगनमा राखेर उपचार गरिएको छ। अस्पतालमा भएको ६ वेडको आइशोलेसन आईतवार साँझ भरिएपछि सोमवार बिहानदेखि बिरामीलाई आँगनमा र टेन्टमा राखेर उपचार गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए।  

‘६ वेड क्षमता हो, अहिले ईमर्जेन्सी दुईवटा वेडमा कोरोनाको बिरामी हुनुहुन्छ, टेन्ट र आँगनमा एक एक जना हुनुहुन्छ’ उनले भने। बेड भरिएपछि अस्पतालको टेन्टमा एक सुत्केरी महिला उपचार गराईरहेकी छिन्। वैैशाख १४ गते सुत्केरी भएकी सिरानचोक गाउँपालिकाकी एक महिला नबजात शिशुलाई घरमा छाडेर दुईदिनदेखि गोरखा अस्पतालका आँगनमा टाँगिएको टेन्टमा छिन्। उनलाई कोरोना पोजेटिभ भएको र स्वास्थ्यमा समस्या देखिएपछि अक्सिजन लगाएर राखिएको अस्पतालले जनाएको छ।  

गाउँगाउँमा स्वास्थ्यमा समस्या आएको बताउँदै अस्पताल आउन टेलिफोन गर्नेको सख्ंया १० भन्दाबढि रहेको उनले बताए। अहिले अस्पतालमा ओपिडी जाँच गर्न आएका अधिकासं ज्वरोका बिरामी छन्। ति मध्य केहीको स्वास्थ्यमा समस्या देखिएको छ। ‘अस्पतालले धान्न नसक्ने गरी बिरामीको चाप बढेको छ’ सुचना अधिकारी ढकालले भने ‘हामीले आगनमै राखेर भएपनि अक्सिजन दिने, औषधी उपचार गर्ने गरिरहेका छौँ।’

अहिले अस्पतालमा उपचाररत बिरामी अधिकासं ५० वर्ष उमेर भित्रका छन्। ठाउँ अभाव हुँदा अस्पतालले आइशोलेसन बेड राख्न नसकेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेलले बताईन्। ‘अस्पताल भवन बन्दैछ, हस्तान्तरण भएको छैन, उनले भनिन् ‘अहिले धेरै समस्या भयो।’ अस्पताल जनशक्ति र औषधी भन्दा ठाउँ अभाव हुँदा समस्या भएको उनले बताईन्। केही वेड थप गर्ने ठाउँ हुने हो भनै अझै सेवा बिस्तार गर्न सकिने अस्पतालले जनाएको छ। भुकम्पछि पुन निर्माण भएको गोरखा अस्पतालको अहिले सुविधा सम्पन्न भबन निर्माण हुँदैछ। भवन निर्माण पुरा नभएकाले अस्पतालले सहज सेवा दिन सकेको छैन। 

गोरखा सदरमुकाममा अस्पताल बाहेक आइशोलेसन बेड नहुँदा संक्रमितको उपचार गर्न समस्या भएको अस्पतालका डाक्टरहरुले बताएका छन्।  गोरखा अस्पताल सँग अहिले ४५ वटा अक्सिजन सिलिण्डर छ। दैनिक १५/२० वटा सिलिण्डर भर्न चितवन पठाउने गरिएको सुचना अधिकारी ढकालले बताए। ‘तत्कालै अक्सिजनको समस्या भन्दापनि बिरामीलाई राख्ने बेड भएन’ उनले भने। 

प्रकाशित: २७ वैशाख २०७८ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App