१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा चार स्थानमा अक्सिजन थेरापी सहितको आइसोलेसन बन्ने

काठमाडौं उपत्यकाका मेयरहरुले अक्सिजन थेरापीसहितको एकीकृत आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेका छन्।

नयाँ भेरियन्टको कोरोना भाइरस समुदायस्तरसम्मै फैलिएकोले सोविरुद्ध लड्नका लागि उपत्यका नगरपालिका फोरमले अक्सिजन थेरापीसहितको एकीकृत आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो।

निर्णयबारे फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले कोभिड–१९ को दोश्रो लहरले उपत्यकालाई गम्भीर रुपमा असर गरी संक्रमण तीव्र गतिमा फैलिरहेको कारण उपत्यकाका अस्पतालहरु भरिभराउ भई संक्रमितहरुको उपचारमा देखिएको समस्या समाधान गर्न फोरमले एकीकृत रुपमा उपत्यकाका उपयुक्त स्थानहरुमा अक्सिजन थेरापी सहितको एकीकृत आइसोलेसन सञ्चालनका लागि समन्वय गर्ने निर्णय गरेको बताए।  

उनले सो खाले आइसोलेसन भक्तपुरको खरिपाटी, नागार्जुन नगरपालिका,  काठमाडौंका सामाखुसी र दहचोकमा बनाउने प्रारम्भिक छलफल भएको र त्यसका लागि नेपाल प्रहरी र नेपाली सेनासँग समन्वय गर्ने निर्णय पनि भएको बताए।

त्यस्तै बैठकले उपत्यकाभित्र सञ्चालनमा रहेको अस्पतालहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, कोभिड १९ परीक्षणको दायरा विस्तार गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, उपत्यकामा समेत अक्सिजनको चरम अभाव देखिएको हुँदा अक्सिजनको सहज आपूर्तिका लागि नेपाल सरकारलाई अनुरोध गर्नेलगायतका निर्णय भएको सचिव श्रेष्ठले बताए। 

प्रकाशित: २६ वैशाख २०७८ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App