१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ओम हस्पिटलले पनि कोभिडका नयाँ बिरामीलाई भर्ना नलिने

काठमाडौंको चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले पनि अक्सिजन अभावका कारण नयाँ बिरामीलाई भर्ना नलिने बताएको छ।

यसअघि गणेशमान सिंह मेमोरियल अस्पताल तथा मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले पनि सूचना निकालेर नयाँ कोरोना संक्रमितलाई उपचार गर्न नसक्ने जनाएका थिए।

विश्वव्यापी महामारीको परिस्थितिमा अस्पतालका लागि सरकारको नियन्त्रित कोटामा अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि स्रोत साधन र इच्छा हुँदाहुँदै पनि नयाँ बिरामी भर्ना गर्न असमर्थ भएको अस्पतालको भनाइ छ।

अस्पतालले आइतबार सूचना प्रकाशित गर्दै अक्सिजन आपूर्ति सहज हुनासाथ उपचार पूर्ववत हुने पनि जनाएको छ।

प्रकाशित: २६ वैशाख २०७८ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App