९ माघ २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

यसो गरे कोरोना महामारी जति बढे पनि सुरक्षित हुन सकिन्छ

अहिले महामारी निकै बढेको छ ।  यस्तो प्रतिकुल अवस्थामा हामीहरु सकभर घरभित्र बसौं ।  केहि दिन वा हप्ता हामीले धैर्यता एवं आत्म अनुशाशन पालना गर्यौं भने आफु, आफ्नो परिवार र समुदायलाई बचाउन सक्छौं ।  भेटघाट, भोजभतेर, घुमफिर, पेशागत काम,अध्ययन आदि गर्नको लागि पनि हामीले स्वास्थ्य रक्षा गर्नुपर्दछ। महामारी नियन्त्रणमा आएपछि हामीले स्वतन्त्र जीवनमा रमाउन पाउनेछौं।

यसैपनि कोरोना संक्रमणको मृत्युदर नेपालमा १ प्रतिशत मात्र छ। अहिले पनि ९० प्रतिशत संक्रमित घरमै सामान्य उपचारले निको हुनुभएको छ। पोषिलो खाना, व्यायाम, तनाब ब्यबस्थापन, सकारात्मक सोंच आदिबाट हाम्रो रोगसंग लड्ने क्षमता बढ्दछ।

भारतमा देखिएको अक्सिजनको हाहाकार, मृतकको संख्या, अस्पताल तथा घाटको अवस्था देखेर हामी आत्तिनु पर्ने अवस्था हुँदैन। नेपालका अस्पताल संक्रमितले भरिए पनि निको हुने क्रम बढिरहेको छ। पुराना निको हुने तथा नयाँले त्यो ठाउँ पाउने क्रम चलिरहेको छ ।  त्यस्तै गाह्रो भएमा कोभिड अस्पतालका फिभर क्लिनिकमा गएर छातीको एक्सरे लगायतका परीक्षण गर्न सकिन्छ। उक्त परीक्षणबाट सामान्य अवस्था भएमा घरमै बसेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सकिन्छ भने गम्भीर अवस्था भए अस्पतालमा व्यवस्थापन  हुन्छ ।समाचारको आतंकले गर्दा मनमा कोरोना बोकेर आत्तिनु हुँदैन।  

अत्यावश्यक कामले घरबाहिर निस्किनु परेमा डबल मास्क लगाउने, भौतिक दुरी कायम राख्ने, भीडभाडमा नजाने तथा हातको निरन्तर सफाइ गर्नाले हामी संक्रमणबाट बच्न सक्छौं।  उपचारभन्दा रोकथाम सजिलो र सस्तो छ । नाकमुनी वा चिउड़ोमा मास्क लगाएका व्यक्तिलाई हामीले नागरिक तहबाट पनि सम्झाउन सक्छौं। व्यक्ति व्यक्तिमा रोकथामको प्रयास हुने हो भने संक्रमण घट्दै जान्छ। परिस्थति जतिसुकै प्रतिकुल भएपनि मनस्थिति बलियो भयो भने हामी कोरोना भाइरससंग लड्न सक्छौं। 

प्रकाशित: २२ वैशाख २०७८ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App