६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा १ सय १६ संक्रमित थपिए

प्रदेश १ को राजधानी विराटनगरमा ५४ जना कोरोना भाइरसको संक्रमितसँगै शुक्रबार प्रदेश भर १ सय १६ जना थपिएका छन् ।  

मोरङमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, तेह्रथुम, इलाम, ताप्लेजुङ र ओखलढुंगामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५४, बुढीगंगामा ८, रंगेलीमा ३, कटहरीमा २, कानेपोखरी, सुन्दरहरैँचा, धनपालथान, उर्लाबारी र बेलबारीमा १–१, झापाको  दमक र अर्जुनधारामा ४–४, भद्रपुरमा २, कनकाई, मेचीनगर, विर्तामोड र झापा गाउँपालिकामा १–१, सुनसरीको  धरानमा ४, इटहरी र इनरुवामा २–२ र बराहक्षेत्रमा १, उदयपुरको  कटारीमा ४, धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा १–१, भोजपुरको षडानन्द, टेम्केमैयुङ र भोजपुर नगरपालिकामा १–१, संखुवासभाको धर्मदेवी र सिलिचोङमा १–१, तेह्रथुममा १, इलाममा १, ताप्लेजुङको पाथीभरा याङवरकमा १ र ओखलढुंगामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय ८६ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९ सय ३५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ७ सय ७६ पुगेको छ । प्रदेशमा शुक्रबार ५ सय १९ जनाको पिसिआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।  

 

प्रकाशित: १० वैशाख २०७८ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App