coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अब गाउँमै आँखाको उपचार

जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणले आँखा रोगको उपचार गर्न पाएका छन्। गाउँमा धुलो र धुवा हुने भएकोले आँखाका बिरामीको संख्या बढेको छ।  

गाउँपालिका र नेपाल नेत्रज्योति संघको समन्वयमा पहिलो पटक जुम्लाको सिंजा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना भएको हो । यसअघि जुम्ला सदरमुकाम खलंगामा मात्रै थियो । गाउँबाट सदरमुकाम सम्म आउँदा आँखाका बिरामीलाई सास्ती हुने गरेको थियो । गाउँपालिका अध्यक्ष देवलसिंह रावल आँखाको उपचार गाउँमै हुन थालेपछि आँखाको  बिरामीलाई निकै सहज भएको बताउँछन ।

उनले भने, ‘गाउँमा धुलो धुवा हुदाँ आँखाका रोगी निकै बढिरेका छन । पहिले सदरमुकाम खलंगामै पुगेर उपचार गर्नु परिरहेको हुन्थ्यो । अब गाउँमै आँखाको उपचार हुने भयो ।’ सामान्य आँखामा समस्या आउँदा सदरमुकाम खलंगामा महंगो यातायात भाडा तिरेर बास बसेर उपचार गराउनु परिरहेको हुन्थ्यो, अध्यक्ष रावल भन्छन,‘अब गाउँमै आखाँ जाँच गराउनेछन । औषधि पनि गाउँमा नै पाउनेछन ।’ आँखाका रोगी पहिचान गरेर गाउँपालिकामै विशेषज्ञ बोलाउन सकिने उनी बताउँछन ।  

 आँखा उपचार केन्द्रमा काम गर्ने कर्मचारी र भवनको व्यवस्थापन गाउँपालिका गाउँपालिकाले गरेको छ ।  केन्द्रमा उपकरणको व्यवस्थापननेपाल नेत्र ज्योति संघले गरेको हो । अहिले आखाँ उपचार केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले आँखा उपचारसंग सम्बन्धित कर्मचारी राखेको छ ।  यो आँखा उपचार केन्द्रले जुम्ला प्रदेश क्षेत्र (ख) का सर्वसाधारणलाई सेवा दिनेछ ।  

अहिलेको संरचना अनुसार सिँजा क्षेत्रमा तिला,हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका पर्छन । सिँजा गाउँपालिकाका प्रवक्ता नविन शर्मा भन्छन,‘अब उपचार गर्न क्षेत्र (क) मा जानु पर्दैन । क्षेत्र (ख) मै व्यवस्था भइसकेको छ । सदरमुकाम खलंगामा पुगेर आखाँको महंगो उपचार गराउनु पर्दैन । ’

नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका जेष्ठ नागरिक तथा आँखा सम्वन्धी विरामी भएका व्यक्तिले नजिकै उपचार पाउने भएका छन् । विशेष गरी यो आँखा उपचार केन्द्रमा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकलाई सहज हुने भएको छ ।

पहिले नेपाल नेत्र ज्योति संघले गाउँमा वर्षमा एक दुइ पटक शिविर राखेर मात्र आँखाको उपचार तथा अप्रेशन गर्ने गरेको थियो । अब आँखाको रोगीको प्रकृतिको आधारमा विशेषज्ञ गाउँमै बोलाएर आखाँको अप्रेशन हुनेछ । प्रवक्ता शर्माले भने,‘आँखाका रोगीले रुपैयाँ नभएर रोग लुकाएर गाउँमै थन्किनु पर्ने अवस्था छैन ।  

प्रकाशित: २८ फाल्गुन २०७७ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App