२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि, ९ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार देशभर ५ हजार १८१ नमुना परीक्षण गर्दा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो।  

योसमेत देशमा कोरोना संक्रमितको कूल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ।

प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १ हजार ५ सय जना संक्रमित निको भएको जानकारी दिए। योसँगै निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ।

अब संक्रमितमध्ये १० हजार ९ सय ९४ जना निको हुन बाँकी छ।  

अहिलेसम्म देशभर पीसीआर परीक्षणको संख्या १८ लाख ३१ हजार ४१ पुगेको छ।  

यस्तै हाल देशभर ५ सय १६ जना क्वारेन्टिनमा रहेको प्रवक्ता डा.गौतमले जानकारी दिए।  

यस्तै पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ।

प्रकाशित: २८ मंसिर २०७७ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App