१२ वैशाख २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

ब्लु लोटस हेल्थ होमको निःशुल्क स्वास्थ्य शिबिर

नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञसहितको समूहबाट संञ्चालित ब्लु लोटस हेल्थ होमले यही मंसीर २२ गतेदेखि ३० गतेसम्मको लागि निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गर्दै आएको छ।  

ललितपुरको सातदोबाटो नजिकै ताल्छिखेल चोकमा रहेको सो ब्लु लोटस हेल्थ होमले लामो समयदेखि कोभिड–१९ को डरले आम मानिसहरुले स्वास्थ्य सेवा नलिरहेको अवस्थामा सामाजिक उत्तरदायित्व अनुरुप निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गरेको जनाएको छ।

‘हामीले खास गरी समाजका सिनियर सिटिजन्सलाई लक्षित गरेर यो अवसर ल्याएका छौं। मुलतः लामो समयदेखि कोभिड–१९ को डरले हस्पिटल नगई घरमै शारीरिक पीडा ब्यवस्थापन गरीरहनु भएकाहरुले लाभ लिन सक्नुहुनेछ। हामीले यस अवसरमा बिरामीको दुखाई ब्यवस्थापको लागि बिभिन्न उपायहरु निःशुल्क सिकाइ सहयोग गर्नेछौं’, सो हेल्थ होमका संस्थापक अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञ डा. सुरज कर्माचार्यले भने। उनका अनुसार कोभिडका कारण अस्पताल जानु हुँदैन भन्ने मान्यतालाई कम गर्न पनि निःशुल्क शिविर सञ्चालनमा ल्याइएको हो।  

हेल्थ होमका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीका अनुसार सो स्वास्थ्य शिबिरमा ढाड दुख्ने, कम्मर दुख्ने, घुंडा, गर्दन, जोर्नी दुख्ने, हड्डी खिईएको, नसा च्यापिएको, हात खुट्टा झमझमाउने, प्यारालाइसिस, मुख बङ्गिएको, टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, ग्यस्ट्रिक्स, जन्डिस, पाइल्स, दम, कान कराउने, कान नसुन्ने, महीनावारी गडबढी, मटोपन आदि रोगको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। अकुपञ्चर बिशेषज्ञ तथा हेल्थहोमका डा. ईश्वर ज्ञावलीको अनुसार स्वास्थ्य शिबिर आगामी ३० गते सम्म हरेक दिन बिहान ८ बजे देखी २ बजे सम्म संञ्चालन हुनेछ र शिबिरमा आउनको निमित्त अस्पतालको हेल्पलाइनमा फोन गरेर नाम दर्ता गराउनु पर्नेछ।  

अनुभवी अकुपञ्चर बिशेषज्ञ ९एमडी० हरुबाट अकुपञ्चर दिनुको साथै फिजियोथेरापी, आयुर्वेद, पञ्चकर्म, कपीङ, प्राकृतिक चिकित्सा आदीको माध्यमबाट बिभिन्न रोगको  प्रभावकारी उपचार गरिने हेल्थहोमले जनाएको छ। हेल्थहोममा युवा तथा वयस्कहरुलाई लक्षित गरेर बिशेष मेडिकल तथा रिल्याकशेसन मसाज गर्ने समेत बताएको छ।

प्रकाशित: २४ मंसिर २०७७ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App