२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

फाइजरले बनाएको काेराेना खोप बेलायतमा स्वीकृत, अर्काे सातादेखि लगाउन थालिने

प्रतिकात्मक तस्बिर

औषधि निर्माता कम्पनी जर्मन बायोएनटेक र यसको अमेरिकी साझेदार फाइजर मिलेर बनाएको कोरोनाविरुद्धको खोप आफ्नो देशमा प्रयोगका लागि बेलायतले स्वीकृति दिएको छ।  

यसरी बेलायत फाइजरको खोपलाई स्वीकृत गर्ने पहिलो देश बनेको छ।

बेलायतको मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले फाइजरको खोप कोरोना संक्रमण रोक्न ९५ प्रतिशत सुरक्षित रहेकाले आफ्नो देशका नागरिकलाई लगाउन अनुमति दिइएको जनाएको छ।  

अर्को साताबाट खोप लगाउन सुरु गरिने बेलायतका स्वास्थ्यमन्त्री माट हानककले बताएका छन्।  

यो खोप लगाएकै दिनदेखि शरीरमा रोग प्रतिरोधात्मक शक्ति विकास हुने दाबी गरिएको छ।  

बेलायतले आफ्ना २० मिलियन नागरिकलाई दुई डोज लगाउन फाइजरसँग ४० मिलियन खोप अर्डर गरिसकेको छ। जसमध्ये १० मिलियन डोज तुरुन्त उपलब्ध हुने बिबिसीले जनाएको छ।  

यो पनि पढ्नुहोस्

‘स्वीकृति प्राप्त भए युरोपेली मुलुकमा यही वर्षभित्रै कोरोना खोप उपलब्ध गराउँछौं’

प्रकाशित: १७ मंसिर २०७७ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App