२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

हाम्रो खोपले झन् कोरोनाबाट ९२ प्रतिशतसम्म बचाउँछ : रुस

प्रतिकात्मक तस्बिर

रुसले आफूले बनाएको कोरोनाविरुद्धको खोपले संक्रमणबाट ९२ प्रतिशतसम्म सुरक्षा दिने दाबी गरेको छ।  

अमेरिको  फाइजर र जर्मनको बायोनटेक कम्पनीले संयुक्त रूपमा विकास गरेको खोपले कोरोनाबाट ९० प्रतिशतसम्म बचाउने दाबी गरेलगत्तै रुसले आफूले बनाएको स्पुतनिक भी खोपले अझ बढी सुरक्षा दिने दाबी गरेको हो।  

 

यो पनि पढ्नुहोस्

कोरोना भाइरसको पहिलो भ्याक्सिनले ९० प्रतिशत ठिक हुने दावी

 

राेयटर्सका अनुसार खोप निर्माता रुसी कम्पनी आरडिआइएफका प्रमुखले भनेका छन्, ‘हाम्रो खोप धेरै प्रभावकारी र सुरक्षित छ।’

यसअघि नै विश्वमा आफूले सबैभन्दा पहिले सफल खोप बनाएको दाबी गरेको रुसले गत अगस्टमै देशमा खोप प्रयोगको स्वीकृति दिइसकेको छ। रुसका राष्ट्रपति भ्लादमिर पुटिनले त्यो खोप आफ्नो छोरीले पनि लगाएको र प्रभावकारी देखिएको उही बेला दाबी गरिसकेका छन्।  

तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने रुसले बनाएको खोपबारे अनभिज्ञता प्रकट गरिरहेको छ। यस्तै अन्य देशका वैज्ञानिकले पनि रुसले परीक्षण प्रक्रिया पूरा नहुँदै खोप घोषणा गरेको आरोप लगाइरहेका छन्। 

प्रकाशित: २६ कार्तिक २०७७ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App