१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

विश्वका हरेक १० व्यक्तिमध्ये एक जनालाई कोरोना संक्रमण हुन सक्छ : डब्लुएचओ

डा. माइक राइन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका हरेक १० व्यक्तिमध्ये एक जनालाई कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरेको छ ।  

डब्लुएचओका एक वरिष्ठ अधिकारीका अनुसार यसको अर्थ विश्वको जनसंख्यामध्ये ठूलो समूह खतरामा छ ।  

सोमबार जेनेभामा आयोजित डब्लुएचओको विशेष बैठकमा डब्लुएचओका स्वास्थ्य आपतकालीन कार्यक्रम प्रमुख डा. माइक राइनले संसार अझै केही समय निकै गाह्रो अवस्थाबाट गुज्रिने चेतावनी दिएका हुन्।  

उनका अनुसार जनसंख्यामध्ये १० प्रतिशत मानिस कोरोना संक्रमणको चपेटामा परिसकेका छन् । सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने डा. रायनको सुझाव छ।

हाल विश्वको जनसंख्या ७ अर्ब ६० करोडभन्दा माथि भएको अनुमान छ । डब्लूएचओका अनुसार त्यसमध्ये अहिले ३।५० करोड मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।

डब्लूएचओका महानिर्देशक टेडरोस एडह्यानम गिब्रियससले कोरोनाविरुद्धको लडाइँमा विश्वभरका देश एक भएर लाग्न आग्रह गरेका छन् ।  

प्रकाशित: २० आश्विन २०७७ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App