१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

११६ वर्षपछि बल्ल आइसियु !

नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि बल्ल सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आएको छ। जटिल रोग तथा शल्यक्रिया गरी उपचार गर्नुपर्ने बिरामीलाई आइसियु सेवा अति आवश्यक पर्दछ। वीर अस्पताललाइ नेपालको पहिलो सरकारी अस्पतालका रुपमा लिइन्छ। यही अस्पतालबाट आधुनिक चिकित्सा सेवाको शुरुआत समेत भएको बताइएको छ।      

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६१ असार १७ गते १५ श्ययाको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा अस्पताल स्थापना गरेका थिए। इतिहासकारका अनुसार यसैलाई पछि ‘भक्तपुर अस्पताल’ नामाकरण गरिएको हो।    

केही वर्षौँदेखि प्रयोगमा नआएका आइसियुका भेण्टिलेटर सहितका उपकरण सहित वाग्मति प्रदेश सरकारले पठाएको सामाग्रीबाट आइसियु सेवा पहिलो पटक सञ्चालनमा ल्याएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए। २०२८ सालमा ५० श्ययाको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ श्ययाको प्रसूति गृह थप गरी ७५ श्यया भएको थियो। अस्पतालमा गत बिहीबारदेखि आइसियु सेवा शुरु भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन्।  

सरकारले सो अस्पताललाई कोरोना हव अस्पताल समेत तोकेको छ। यसपछि पाँच वटा भेन्टिलेटरसहित ६ श्ययाको आइसियु र कोरोना सङ्क्रमित राख्ने १६ श्ययाको आइसोलेशन एवम् १० श्ययाको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेशन तयार गरी सेवा सुरु गरेको उनले जानकारी दिए।  

आइसियुको लागि थप एक श्यया र दुईवटा भेण्टिलेटर प्रदेश सरकारको आर्थिक सहयोगबाट जडान गरिएको छ। अस्पतालले कोभिडको महामारीको बीचमा पनि सबै सेवा जारी राखेको छ। अहिले कोरोनाका पाँच जना आइसियुमा, १३ जना लक्षण देखिएका र १० जना आइसोलेशनमा उपचार भइरहेको छ। त्यसैगरी विद्युत प्राधिकरण खरिपाटीस्थित आइसोलेशनमा ९७ जनाको उपचार भइरहेको उनले जानकारी दिए।  रासस

 

प्रकाशित: ५ आश्विन २०७७ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App