१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भारतले कोरोनाविरुद्ध बनाएको खोप दाेस्राे चरणकाे ‘ह्युमन ट्रायल’ मा

प्रतिकात्मक तस्बिर

कोरोनाविरुद्ध भारतले बनाएको खोप कोभ्याक्सिनको दोस्रो चरण परीक्षण (ह्युमन ट्रायल) गर्ने तयारी गरिएको छ ।  

न्युज एजेन्सी पीटआईका अनुसार इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (आईएमएस) र एसयूएम हस्पिटलका खोप परीक्षण प्रमुख अन्वेषक डा. ईं वेन्काट रावले यो जानकारी दिएका हुन् ।  

उनले भने, ‘ट्रायलको पहिलो चरण पनि जारी छ । चाँडै दोस्रो चरण पनि सुरु गर्ने योजना छ ।’

यस क्रममा उनले पहिलो चरणको परीक्षणमा खोपका कुनै नकारात्मक प्रभाव (साइडइफेक्ट्स)  नदेखिएको पनि उनले जानकारी दिए ।  

यो खोप हैदराबादस्थित भारत बायोटेक कम्पनीले विकास गरेको बिबिसी हिन्दीले जनाएको  छ ।  

प्रकाशित: १५ भाद्र २०७७ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App