इकोनोमिस्ट
मानिसले आफूलाई सबैभन्दा उच्च तहको जीव ठान्छ । तिखा दाँत भएका बाघ, हाल विलुप्त भैसकेको युजिल्यान्डमा पाइने भीमकाय चरा मोएस र अन्य भीषण आकारका जनावरहरू मानिसको अगाढी निस्तेज हुन बाध्य भए । तर कोभिड–१९ले मानिस पनि कसरी शिकार हुनसक्छ भन्ने देखाएकोछ । भाइरसले विभिन्न समयमा महामारी फैलाएको छ । यसका उदाहरण कोभिड– १९, सन १९१८ देखि १९२० सम्म फैलिएका स्पेनीश फ्लयू, एचआइभी एड्स हुन् । जस्ले विश्वयुद्वलेभन्दा बढी मानिसको ज्यान लिएकाछन् । त्यसभन्दाअघि पनि युरोपियनहरूले अमेरिकामा उपनिवेश विस्तार गर्दा पनि आक्रमणकारी शक्तिले अभिप्राय नभएर पनि बिफर, दादुरा तथा रूखाखोकी जस्ता महामारी अमेरिकामा पु-याएका थिए । जसले त्यहाँका स्थानीयवासीन्दामा ठूलो क्षति भएको थियो ।
पृथ्वीको जीवनमा भाइरसले धेरैे पहिलेदेखि प्रभाव पार्दै आएको छ । सुरुमा भाइरसलाई अनौंठा जीवाणु मानिएकोमा हालका अध्ययनले भाइरसमा रहने जीवाणुको रणनीतिक खेलले उसलाई सहयोग गरेको मानिन्छ । भाइरस कल्पना गरेभन्दा पनि बढी थरीका र सर्वव्यापी हुन्छन् । सुरुदेखिनै पृथ्वीमा जीवको विकासक्रमा यिनीहरू भूमिका अब प्रष्ट भएकोछ ।
त्यसैले भाइरसलाई बुझ्दा यिनीहरूलाई अनुवासिक सामग्रीका प्याकेजको रूपमा लिनुपर्छ जसले आफ्नो विस्तार गर्न अर्काे जीवको पाचनप्रणालीको प्रयोग गर्छन् । यी विशुद्ध परजीवि प्राणी हुन जसले आफू भित्रको अनुवांशिक कोड बाहेक सबै बस्तु आफ्नो शिकारबाट लिन्छन् । उनीहरूले सूचना र आफ्ना प्रतिकृतिका आधारमा जीवनलाई क्षति गर्छन् । उनीहरूको संख्या एकिन भयो भने त्यो उनीहरूको सबैभन्दा सफल रणनीति हो ।
वंशाणुको सूक्ष्म तहमा सम्पादन गर्न सकिने बायोटेक्नोलोजी, जसलाई सिआइएसपिआर पनि भनिन्छ । यसको विकासका कारण भाइरसविरुद्ध प्रभावकारी संयन्त्र निर्माण गर्न सहयोग पुगेकोछ । भाइरस विनाको अस्तित्व सम्भव छैन र कल्पना पनि गर्न सकिन्न । जे जसो भए पनि, पृथ्वीमा रहेका जैविक विविधताका लागि भाइरस जिम्मेवार छन् । त्यस्तै मृत्यु र परिवर्तनका निम्ति पनि भाइरस उत्तिकै कारक छ ।
विश्वमा उनीहरूको उपस्थिति अत्यधिक छ । समुन्द्रिक पानीमा गरिएको एक अध्ययनले दुई लाखभन्दा बढी प्रजातिका भाइरस रहेको देखाएको थियो । अन्य अध्ययनले एक बाल्टी समुन्द्रको पानीमा १० करोड भाइरसका कण हुने देखाएको छ । विश्वका १० अंकपछि ३१ वटा शून्य थप्दा जति संख्या हुन्छ त्यतिकै संख्याका भाइरसका कणहरू रहेको अध्ययनले देखाएको छ । यो पृथ्वीका अन्य जीवको संख्याभन्दा कयौं गुणा बढी संख्यामा भाइरस रहेको बताइएको छ ।
भाइरसले पृथ्वीका हरेक जीवलाई आक्रमण गर्न सक्छन् । समुन्द्रमा हरेक दिन भाइरसले एक कोषिय ‘प्लान्कटन’को कुल संख्यामा ५ भागमध्ये एक भागलाई समाप्त पार्छन् । परिस्थितीय प्रणालीका हिसाबले यसले अत्याधिक जनसंख्या रहेको जीवलाई नियन्त्रण गरेर अन्यलाई बाच्न सक्ने वातावरण बनाउछ । एउटा जीव जति व्यापक रूपमा फैलिन्छ त्यतिबेला भाइरसले त्यसलाई सन्तुलनमा ल्याउछ । तर शिकार हुने जीवले पनि आफ्नो सुरक्षा गर्न प्रतिरक्षा प्रणालीको विकास गर्छ र यो प्रतिरक्षाका व्यापक परिणामहरू हुन्छन् ।
मानिसका ८ देखि २५ प्रतिशत वंशाणुहरू भाइरसबाट उत्पती भएको देखिन्छ । तर भाइरस वंशाणुको अपहरण पनि हुनसक्छ जसले गर्दा उनीहरूका वंशाणु नयाँ रूपमा परिवर्तन हुन्छन् । यसको उदाहरण नाल बन्न भाइरसको वंशाणुको परिवर्तित रूपले सहयोग गरेको हुन्छ जसका कारण स्तनधारी जीवले आफ्नो गर्भमा बच्चालाई राख्न सक्छ । मानिसको दिमागको विकासमा समेत केही योगदान यिनिहरूको हुने अध्ययनले देखाएको छ ।
मानिसको चेतनका कारण भाइरसबाट हुने खतरासँग लड्न सकेको हो । खोपका आश्चर्यजनक परिणाम यसको उदाहरण हो । खोपले विफर उन्मुलन भयो जसले २० आंै शताब्दीमा ३० करोड मानिसको ज्यान लिएको थियो । पोलियो पनि यसरीनै निवारण हुनेछ । कोभिड–१९ सम्बन्धी नयाँ अध्ययनले भाइरस विरुद्धको प्रतिरक्षालाई नयाँ उचाइमा लिने आशा गर्न सकिन्छ ।
वंशाणुको सूक्ष्म तहमा सम्पादन गर्न सकिने बायोटेक्नोलोजी, जसलाई सिआइएसपिआर पनि भनिन्छ । यसको विकासका कारण भाइरसविरुद्ध प्रभावकारी संयन्त्र निर्माण गर्न सहयोग पुगेकोछ । भाइरस विनाको अस्तित्व सम्भव छैन र कल्पना पनि गर्न सकिन्न । जे जसो भए पनि, पृथ्वीमा रहेका जैविक विविधताका लागि भाइरस जिम्मेवार छन् । त्यस्तै मृत्यु र परिवर्तनका निम्ति पनि भाइरस उत्तिकै कारक छ ।
भदौ ६, २०७७ को संस्करणबाट
प्रकाशित: १० भाद्र २०७७ ०२:५९ बुधबार