coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डब्लुएचओ भन्छ : काेराेना फैलाउने काम युवाले गरिरहेका छन्

फाइल तस्बिर

युवा वर्गले कोरोना फैलाउने काम गरिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  चिन्ता व्यक्त गरेको छ ।  

डब्लुएचओका अनुसार २० देखि ४० वर्षसम्म उमेरका मानिस कोरोना संक्रमण फैलिने प्रमुख माध्यम बनिरहेका हुन् । किनकि उनीहरूलाई आफूलाई संक्रमण छ भन्ने नै थाहा नहुन सक्छ ।  

वेस्टर्न प्यासिफिकमा डब्लुएचओका रिजनल डाइरेक्टर ताकेसी कासाईले भर्चुअल प्रेस ब्रिफिङमा यसले खासगरी वृद्ध, बिरामी तथा स्वास्थ्य सुविधा नभएका स्थानका मानिस यसबाट बढी जोखिममा परेका छन् ।  

यस महिना (अगस्ट) को सुरुवातमा डब्लुएचओले विश्वमा कोरोना संक्रमण युवा वर्गमा बढ्दै गएको बताएको थियो । बिबिसी

प्रकाशित: २ भाद्र २०७७ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App