coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

चिकित्सकमा कोरोना संकमण देखिएपछि मेची आम्दा अस्पताल सिल

मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती डाक्टरलाई व्यवस्थित रुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ ।

मेचीनगरमा चिकित्सकलाई पहिलो पटक र समुदायमा दोस्रो पटक कोरोनाको संक्रमण फेला परेको हो । केही दिनअघि मेचीनगर–१० धुलाबारी बजारका १५ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको थियो ।

चिकित्सकसहित समुदायस्तरमा एकैपटक चार जनामा कोरोना संक्रमण देखिएपछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, सङ्घसंस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरेर एक हप्ताका लागि नगरपालिकमा लकडाउन घोषणा गरेको छ ।

नगरप्रमुख विमल आचार्यका अनुसार संक्रमण फेला परेकाकासँग सम्पर्कमा आएका र अन्य शंकास्पद व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणका थ्रोट स्वाबको नमूना संकलन गरिनेछ ।

प्रकाशित: २९ श्रावण २०७७ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App