१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

घरेलु प्याड

ललितपुर भैँसेपाटीकी ४१ वर्षीया श्रुति महर्जनले महिनावारीको सरसफाइका लागि सुरुवातमा घरमै उपलब्ध टालाटुलीको प्र्रयोग गर्थिन्। बिस्तारै उनले घरनजिकैका पसलमा पाइने बजारिया प्याड प्रयोग गर्न थालिन्। वर्षौंसम्म बजारिया प्याड प्रयोग गर्दै आएकी श्रुतिले दुई वर्षयता फ्लाटिन र सुतीको कपडाबाट बनेको पुनप्र्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्छिन्। प्रयोग गरेपछि प्याडलाई डिटोल पानीले धुन्छिन् र घाममा सुकाउँछिन्। सुकेको प्याडलाई आइरन गरेपछि अर्को महिना प्रयोगमा ल्याउने गरी पट्याएर राख्छिन्।

दुई वर्षअघि ललितपुरमा रहेको ‘एक्सपोज नेपाल’ संस्थाले भैँसेपाटीमा प्याड बनाउने पाँचदिने तालिम सञ्चालन गरेको थियो। तालिममा सहभागी भएर श्रुतिले प्याड बनाउन सिकिन्। ‘म तालिममा सहभागी भएपछि प्याड र प्याडको विशेषताबारे बुझेँ, प्याड बनाउन पनि सिकेँ,’ उनी भन्छिन्, ‘त्यसपछि मैले आफूले बनाएको प्याड आफैँले प्रयोग गरेर हेरेँ, मलाई सजिलो महसुस भयो। प्रभावकारी पनि लाग्यो।’

तालिमपछि उनले घरको कामधन्दा सकेर फुर्सदको समय प्याड बनाउँछिन्। प्याडबाट मासिक १२ हजार रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ। उनले दैनिक ३० देखि ४० वटासम्म प्याड बनाउँदै आएकी छन्।

‘प्याड बनाउन हामीलाई आवश्यक सामग्री एक्सपोज नेपालबाटै उपलब्ध हुन्छ, प्याड तयार गरेपछि एक्सपोज नेपालमै पठाउँछौँ,’ श्रुति भन्छिन्, ‘हामीले बनाएर पठाएको प्याड एक्पोज नेपालमार्फत विभिन्न ठाउँमा बिक्री–वितरण हुन्छ।’ कपडाको प्याड आउनुभन्दा अघि बजारमा पाइने केमिकलयुक्त प्याड प्रयोग गर्दा आफूलाई चिलाउने र बाफिने नै मुख्य समस्या भएको उनले पनि सुनाइन्।  

‘महिनावारी र प्याडको विषय लुकाउने र लाज मान्ने विषय होइन। त्यसैले प्याड बनाउँदा, प्रयोग गर्दा र सफा गरेर सुकाउँदा असजिलो मान्न हुँदैन। प्याडको बारेमा त खुलेर कुरा गर्ने हो नि, यो चाहिने कुरा हो।’

घरमा छोरी र सासुआमाले पनि कपडाको प्याड प्रयोग गर्दा सजिलो महसुस गरेको उनको भनाइ छ। छोरीहरूले सुरुसुरुमा प्रयोग गर्न हिच्किचाए पनि पछि सजिलो महसुस गर्दै गएको उनले बताइन्। ‘महिनावारी र प्याडको विषय लुकाउने र लाज मान्ने विषय नभएकाले प्याड बनाउँदा, प्रयोग गर्दा र सफा गरेर सुकाउँदा असजिलो मान्न हुँदैन,’ उनी भन्छिन्, ‘प्याडको बारेमा त खुलेर कुरा गर्ने हो नि, यो चाहिने कुरा हो।’

ग्रामीण भेगका महिलालाई यो प्याड अझ  उपयुक्त हुने उनी बताउँछिन्। यो घरेलु प्याड एकपटक चारवटा जति किन्ने हो भने दुई वर्षसम्मलाई धोएर लगाउन सकिन्छ। त्यसैले धेरै प्याड किन्न नसक्ने ग्रामीण भेगका महिलाका लागि यो प्याड महत्वपूर्ण भएको उनको भनाइ छ।

एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनका अनुसार, अहिलेसम्म यस संस्थाले विभिन्न जिल्लाका करिब तीन हजार महिलालाई प्याड बनाउने तालिम दिएको छ। महर्जनले सन् २०१६ देखि आफैँ प्याड बनाउन सिकेका थिए। त्यसपछि उनले महिलालाई प्याड बनाउने तालिम दिन थाले। तालिम लिएर निपूर्ण भएका महिलाले अहिले आफ्नो घरबाटै प्याड बनाउँछन्। महिलाले घरमै बनाएका प्याडले आवश्यक बजार पाउन नसक महर्जनले बजारको व्यवस्थापन पनि आफैँ गरिदिन्छन्। प्याड बिक्रीका लागि उनको संस्थाले च्यारिटी सपको व्यवस्था गरेको छ।

‘हामी मूलतः व्यावसायिक संस्था होइनौँ, व्यापार गर्दैनौँ, तर तालिम लिनुभएका दिदीबहिनीलाई प्याड बिक्रीका लागि समस्या भएपछि च्यारिटी सप खोलेका छौँ, त्यहाँ अरु केही दिदीबहिनी काम गर्नुहुन्छ र उहाँहरूले नै बिक्री गर्नुहुन्छ,’ च्यारिटी सपबारे महर्जनले प्रस्ट पारे। सुरुवातमा महिनामा ४० देखि ५० वटा मात्रै प्याड बिक्री हुन्थ्यो, अहिले महिनामा पाँच हजारसम्म प्याड बिक्री हुने गरेको महर्जनले सुनाए।

रुमाल आकारको धुन सजिलो
ललितपुरस्थित पाटनकी ३६ वर्षीया बिना महर्जन महिनावारी भएका बेला यही  घरेलु प्याड प्रयोग गर्छिन्। उनले नरम कपडाबाट बनेको यो प्याड प्रयोग गर्न थालेको एक वर्ष भयो। उनका साथीहरुले एक्सपोज नेपालमा घरेलु प्याड बनाउन सिकेको र प्रयोग गरेको थाह पाएपछि उनले पनि प्रयोग गर्न थालेकी हुन्।

सअघि उनले बजारिया प्याड प्रयोग गर्थिन्। अहिले उनी आफू मात्र प्रयोग गर्दिनन्, अरु महिलालाई पनि यही प्याड प्रयोग गर्न सुझाउँछिन्। बिनाबाटै सुनेर ललितपुर भैंसेपाटीकै ध्यानु थापाले पनि अघिल्लो महिनादेखि यही घरेलु प्याड प्रयोग गर्न थालेकी छन्। पहिलोपटक दुईवटा प्याड किनेकी थापाले अब अरु दुईवटा किन्ने र सधैँ त्यही प्याड प्रयोग गर्ने बताइन्। पहिलो प्रयोगमै उनलाई यो प्याड कम खर्चालु मात्र होइन, लगाउँदा सजिलो, स्वस्थ र सुरक्षित लाग्यो। ‘मैले विस्पर प्रयोग गर्थें, त्यो एक घन्टामै बाफिएर आत्तिन्थेँ। अघिल्लो महिना कपडाको प्रयोग गरेँ। त्यो लगाउँदा केही बाक्लो कपडा लगाएजस्तो मात्र महसुस भयो। मन प-यो। म त लिकेज हुन्छ कि भनेर डराएकी थिएँ सुरुमा, तर त्यस्तो रहेनछ,’ उनले भनिन्।

बिना खुद्रा व्यापारी हुन्। उनले आफ्नो पसलबाट भारतबाट आउने प्याड बिक्री गर्छिन्, तर आफूले कपडाको प्याड मात्र प्रयोग गर्छिन्।  

‘पहिले बजारिया प्याडले समस्या हुँदा लाग्थ्यो– हामी महिलाले महिनामा हप्ता दिन यस्तै सास्ती भोग्नैपर्ने होला,’ बिना भन्छिन्, ‘पछि यो कपडाको प्याड प्रयोग गर्न थालेपछि चिलाउने, एलर्जी हुने सबै हरायो, एउटै प्याड सफा गरेर पटकपटक प्रयोग गर्दा पनि ब्लड राम्रोसँग सोस्छ, कपडाकै प्याड राम्रो लाग्यो।’

कपडाबाट बनाइएको प्याड रुमाल आकारको हुनाले धुन र सुकाउन लाज नलाग्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘सुकाएका बेला अरुले देख्दा पनि प्याड नै हो भनेर छुट्ट्याउन नसक्ने खालको छ।  

उनले आफ्नो पसलबाट विदेशमा बनेको पुनः प्रयोगमा ल्याउन नमिल्ने प्याड बेच्ने गर्छिन्। यो कपडाको प्याड उपलब्ध हुने हो भने आफू यसकै व्यापार गर्न तयार भएको उनको भनाइ छ।  

सुरुसुरुमा यो प्याड धुन अलि झन्झट लागेको भए पनि अहिले अन्य कपडा धोएजस्तै भएको उनको अनुभव छ। रगत सोस्ने, नचिलाउने भएकाले प्याड राखेकै महसुस नभएको उनले बताइन्।  

‘हामीले हरेक महिना चार–पाँच सय पैसा खर्च गरेर आफैँलाई समस्या आउने विदेशी प्याड किन प्रयोग गर्ने ?’ आग्रहको भाषा बोलिन् उनी, ‘स्वदेशमै बनेको सुरक्षित, स्वस्थ र टिकाउयुक्त प्याड प्रयोग गरौं न। यो बनाउन सिके त किन्नैपर्ने भन्ने पनि त हुन्न।’  

ललितपुरमा कार्यरत प्रहरी महिला सरस्वती खनाल पनि घरेलु प्याडको नयाँ प्रयोगकर्ता हुन्। उनले एकपटकको महिनावारीमा मात्रै यो प्याड प्रयोग गरेकी छन्। प्याडबाट ब्लड यता उता नहुने र नरम कपडा प्रयोग गरिएको भएकाले आफूलाई प्याड मन परेको उनले सुनाइन्।

थापाथलीस्थित प्रसूति गृहकी डा. उषा श्रेष्ठ सबै बजारिया सेनेटरी प्याडमा केमिकल प्रयोग नहुने बताउँछिन्। कुनै सेनेटरी प्याड प्रयोगको मिति सकिएपछि प्रयोग गर्दा, कुनै कम गुणस्तरको प्याड प्रयोग गर्दा र लामो समय प्याड चेन्ज नगर्दा पनि चिलाउने वा एलर्जी हुने उनले बताइन्। ‘बजारिया सबै प्याडमा केमिकल राखिएको हुँदैन, तर कुनैमा बास्नादार बनाउन प्रयोग गरिएको हुन्छ,’ उनले भनिन् ‘केमिकल प्रयोग गरिएको प्याडका कारण महिलाको पाठेघरमा इन्फेक्सन हुँदा बच्चा नबस्ने सम्भावना धेरै हुन्छ।’

सहुलियतमा वितरण
ललितपुर धापाखेलकी ३३ वर्षीया अनिता शाहीलाई प्याड प्रयोग गर्दा पोल्ने र एलर्जीको समस्या थियो। बजारिया प्याड प्रयोग गरेर छिनछिनमै फेरिरहँदा पनि उनको त्यो समस्या हट्न सकेको थिएन। एक्पोज नेपालले निःशुल्क वितरण गरेको घरेलु प्याड अनिताले पनि पाइन्। जुन प्याड प्रयोग गर्न थालेपछि आफूलाई पोल्ने र एलर्जी हुने समस्या हटेको उनको भनाइ छ।

ललितपुरमा कार्यरत प्रहरी महिला सरस्वती खनाल पनि घरेलु प्याडको नयाँ प्रयोगकर्ता हुन्। उनले एकपटकको महिनावारीमा मात्रै यो प्याड प्रयोग गरेकी छन्। प्याडबाट ब्लड यता–उता नहुने र नरम कपडा प्रयोग गरिएको भएकाले आफूलाई प्याड मन परेको उनले सुनाइन्।  

‘एक्सपोज नेपालबाट हामी प्रहरी महिलाका लागि प्याड वितरण गर्न आउनुभएको थियो,’ उनले भनिन्, ‘मलाई सुरुको दिन त अलि अप्ठेरो लाग्यो, तर पाँच दिनसम्म लगातार त्यही प्याड प्रयोग गर्दा सजिलो महसुस गर्दै गएँ।’

एक वर्षअघि प्याडबारे समाचार लेखेकी पत्रकार लक्ष्मी पौडेलले पनि समाचार लेखेदेखि यही प्याड प्रयोग गर्दै आएकी छन्। लामो समयसम्म रिपोर्टिङमा हिँड्नुपर्ने, फिल्ड र कार्यालय गर्नुपर्ने हुँदा उनलाई यो प्याड सजिलो भएको छ। ‘कपडाको प्याडले सातदेखि आठ घन्टासम्म मजाले काम गर्दोरहेछ। समय समयमा फेर्नुपर्ने बजारिया प्याडबाट मुक्ति पाएकी छु,’ उनले भनिन्, ‘फिल्डमा हुँदा कहिलेकाहीँ प्याड फेर्न पनि पाइँदैन। अझ लामो समय हिँड्ने र उभिनुपर्ने बेला त यो झन् उपयुक्त छ।’  

एक्सपोज नेपालले कतिपय विपन्न र लक्षित समुदायका महिलाका लागि विभिन्न संघ–संस्थासँग मिलेर सहुलियत र निःशुल्क समेत प्याड दिने गरेको छ। अहिलेसम्म संस्थाले पाँच हजार प्याड निःशुल्क बाँडेको संस्थाका अध्यक्ष महर्जन बताउँछन्। १० वटा संस्थामार्फत सहुलियतमा प्याड वितरण भएको छ।

प्याडबारे जनचेतना जगाउने ‘जिंगल’मा भूमिका निर्वाह गरेपछि कलाकार निरु खड्का (ठेसकुमारी) ले पनि यही प्याड प्रयोग गर्न थालेकी छन्। ६ महिनाअघि पत्रिकामा प्याडबारे समाचार पढेकी उनी प्याडबारे बुझ्न जावलाखेलस्थित एक्सपोज नेपालको कार्यालयमा पुगिन्। कपडाबाट बनाएका प्याडहरू हेरिन् र ती प्याडको विशेषताबारे बुझिन्। उनलाई पनि कपडाको प्याड प्रयोग गर्न मन लाग्यो। दुईवटा प्याड किनिन् र प्रयोग गरेर हेरिन्। उनलाई सजिलो महसुस भयो। धुनलाई पनि सजिलो लाग्यो। पुनः एक्पोज नेपालको कार्यालयमा गइन् र थप दुई वटा प्याड लिइन्।

उनी भन्छिन्, ‘बजारिया प्याड चार–पाँच घन्टासम्म राख्दा मलाई एलर्जी हुने गथ्र्यो, यो प्याड प्रयोग गर्न थालेपछि ती समस्या सबै हराए। मलाई त एकदम मन प-यो।’  

आफूलाई सजिलो लागेपछि भान्जीहरूलाई पनि प्रयोग गर्न लगाएको उनी बताउँछिन्।

प्रकाशित: १७ श्रावण २०७७ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App