२३ असार २०७७ मंगलबार
स्वास्थ्य

किशोरकिशोरीलाई जीवनोपयोगी सीप किन ?

सुनिता खड्का

मेरो छोरा किशोरावस्थामा हिँडिरहेको छ। ऊ गाडीको सौखिन छ। लकडाउनमा उसले आफूलाई मनपर्ने गाडीहरूको मोडल र चित्र बनायो। अन्त्यमा उसले सपनाको महल बनाएर तीनको पार्किङ ग-यो। उसको सपनाका गाडीहरू रोल्स रोयस, बुगाटी र लेम्वरगीनी हुन्। उमेरअनुसार सपना देख्नु र सपनामा रमाउनु पनि सकारात्मक विकास हो। जब ऊ परिपक्व हुनेछ तब वास्तविक धरालतलमा टेकेर आफ्नो क्षमताअनुसारको निर्णय लिने छ। त्यसैले बालबालिकाको सपनाको कदर गरेर हौसला बढाएमा तिनको सपना साकार हुन सक्छ।

वास्तवमा किशोरकिशोरी समान व्यावहार र सम्मान चाहन्छन्। उनीहरू आफ्नो सोचाइ र भावना कदर गरिदिएको मन पराउँछन्। 

महाकवी लक्ष्मीप्रसाद देवकोटाले भनेकै छन्–उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। उसको सपनाका गाडीहरू किन्न पनि निकै ठूलो मेहेनत गर्नुपर्ने हुन्छ। 

लकडाउनमा छोरा पृथ्वीराज चौहानले बनाएको चित्र। 

यसरी किशोरावस्था सुनौलो भविष्यको कल्पना र दिवा सपनामा रमाउने उमेर हो। उनीहरूमा जे पनि जानेको छु र जे पनि गर्न सक्छु भन्ने भावना हुन्छ। उनीहरूले आर्जन गरेको संज्ञात्मक सीप र सामाजिक सीपका आधारमा जीवनमा आउने चुनौती सामना गर्दै अघि बढ्छन्। यतिबेला उनीहरू मनोवैज्ञानिक, मनोसामाजिक र भावनात्मक विकासको तीव्र गतिमा हुन्छन्। त्यसैले उनीहरू नयाँ अनुभव लिन, साथी र बाहिरी संसारसँग रमाउन चाहन्छन्।  

वास्तवमा किशोरकिशोरी समान व्यवहार र सम्मान चाहन्छन। उनीहरू आफ्नो सोचाइ र भावना कदर गरिदिएको मन पराउँछन्। समान अनुभूति अनुभव गर्न चाहन्छन्। अन्त्यमा मार्ग निर्देशनमा र निर्णय गर्नमा सहयोगीको भूमिका चाहन्छन्। वयस्कहरूले उनीहरूको मनोविज्ञान बुझेर व्यबहार गरिदिएमा उनीहरूमा स्वतःस्फूर्त अनुशासित भई काम गर्ने, वयस्कहरूलाई विश्वास गर्ने, सुत्ने, उठने, खाने आदिका बारेमा आफैं सजग हुने र जीवनको लक्ष्य तय गर्ने सीप विकास गर्छन्। 

अभिभावक, परिवारका सदस्य र शिक्षकशिक्षिकाले चरणबद्व रुपमा आएका उतारचढावलाई पृथक् तरीकाले सहयोग गर्दै किशोरावस्थालाई आवश्यक सीप सिक्न प्रेरणा दिनु पर्छ । यसो गरेमा उनीहरू आफूले भोगेका, अनुभव गरेका, सिकेका शैक्षिक र व्यावहारिक ज्ञानलाई मूर्त रूप दिँदै सक्षम र वयस्क हुनेछन्। उनीहरूको जीवन पनि सार्थक बन्नेछ।  

जीवनोपयोगी सीप नै किन ?  

आज हामी किशोरावस्थामा भएकाहरूलाई चाहिने सीपबारे केन्द्वित हुन्छौं। निम्न सीपलाई जीवनोपयोगी सीपका रूपमा विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ।

– आत्म जागरूकता  

– समान अनुभूति  

– महत्वपूर्ण सोचाइ

– रचनात्मक सोच

– निर्णय लिने क्षमता  

– समस्या समाधान  

– पारस्परिक कौशल

– प्रभावकारी संचार

– तनावको सामना  

– भावनाको सामना  

जीवनोपयोगी सीपले किशोरकिशोरीलाई जिम्मेवार बन्न, आफैंले आफूलाई नियन्त्रण र सशक्तीकरण गर्न मद्दत गर्दछ। दैनिक रूपमा आइपर्ने समस्या, साथीहरूको दबाब र आपसी सम्बन्धका कारण उनीहरूमा गैरकानुनी काम गर्ने, खराव बानी र आचरण हाबी हुने सम्भावना हुन्छ। यस सीपले उनीहरूमा आत्मविश्वास बढाउँछ। जसले गर्दा बुलिङ र रंगभेद नीति सम्बन्धी चुनौतीलाई सामना गर्दै सुल्झाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने हुन्छन्। स्कूल, कलेज, समुदाय र समाजमा भएका गतिविधि ठीक नलागेमा आत्मरक्षाका लागि आवाज उठाउन सक्ने हुन्छन्।  

शिक्षकशिक्षिकाले उनीहरूका अनुभव, उद्देश्य, इच्छा, सपना र लक्ष्यका बारेमा कुरा गर्नुपर्छ। र उनीहरूलाई ती विषयवस्तुलाई अझ गहनसँग बुझाउन सहयोगी सामाग्री उपलब्ध गराई समूहगत छलफल गराउनुपर्छ।  

यस उमेरमा आउने शारिरीक, मानसिक, शैक्षिक, मनोवैज्ञानिक र यौनसम्बन्धी सकारात्मक धारणा बनाउँछन्। जसले गर्दा यसबाट उत्पन्न हुने विकारहरू जस्तै दुव्र्यसन, मानसिक रोग, बीचमा पढाइ छोड्ने जस्ता घातक अवस्था आउनमा रोकथाम गर्न सहयोग पुग्नेछ। यस्तो सीपले उनीहरूमा सकारात्मकता ल्याउँछ। उनीहरूले आर्जन गरेको अनुभूति र ज्ञानले उनीहरूलाई अधिकार रक्षा गर्न र जिम्मेवारी बहन गर्न सिकाउँछ। फलस्वरुप अहिलेदेखि नै उनीहरू भविश्यमा आउने चुनौती र अवसर सम्बोधन गर्न र नेतृत्व लिन निपुण बन्छन्।  

स्कूलको भूमिका  

जीवनोपयोगी सीपले स्कूलमा स्वस्थ, सहयोगी सम्वन्ध र स्वस्थ मानसिकता विकास गर्दछ। किशोरकिशोरी शिक्षकशिक्षिकाबाट सहयोगी र स्वीकार्यको व्यावहार चाहन्छन्। त्यसैले असल सम्वन्धको सुरुआत मीठो बोलीवचन र व्यवहारले गर्दछ। साथी बनाउन, सहयोग गर्न, आफ्नो भावनालाई बुझेर व्यवस्थापन गर्न, चुनौती लिन, दवावलाई व्यवस्थापन गर्न, व्यत्तिगत काम र उद्देश्यलाई तय गर्न र अन्त्यमा भविष्यका योजना बनाउन उनीहरूलाई सशक्तीकरण गर्न शिक्षकशिक्षिका, स्कूलको वातावरण र स्कूलको दर्शनले पनि महत्वपूर्ण भूमिका खेल्छ।  

स्कूलले के पढाउँदैछ भन्दा पनि कस्तो मान्छे बनाउँदैछ त्यो बुझ्न आवश्यक छ। विद्यार्थीको अनुभव, उद्देश्य, इच्छा, सपना र लक्ष्यका बारेमा कुरा गर्ने र उनीहरूलाई उक्त विषयवस्तु अझ गहनसंग बुझाउनलाई भएसम्मका समाचार, दस्तावेज र इन्टरनेटका सहयोगी सामाग्री उपलब्ध गराई समूहमा छल˚ल गराउनुपर्छ। यसले विद्यार्थीलाई लक्ष्य तय गर्न सहयोग पुग्नेछ।  

लकडाउनले घरभित्र सीमित हुँदा दिक्क भएको अवस्था छ। अझ वयस्कहरूले ‘यो गर, त्यो नगर’ भनेको सुन्नुपर्दाको पीडा अर्कै छ। त्यसैले समय र परिस्थितिलाई त हामी केही गर्न सक्दैनौं तर हाम्रै बोलीवचन र व्यबहारबाट चाहिँ उनीहरूले तनाव भोग्नु नपरोस् भनेर सचेत भएमा उनीहरू मानसिक रुपमा स्वस्थ्य रहन्छन्।  

शिक्षकको बोली उनीहरूका लागि भगवानको वाणीजस्तै हुन्छ। त्यसैले सुझाव, सल्लाह र प्रतिक्रिया दिँदा सुधारात्मक र उत्प्रेरणा मिल्ने खालका शब्द चयन गर्नुपर्छ । अनि अवस्था र व्यक्तित्वलाई मध्यनजर गरी सामूहिक या एक्लै प्रतिक्रिया दिनुपर्छ। किनभने किशोरकिशोरी संवेदनशील हुन्छन्। र उनीहरूको भावनामा ठेस पु-याउनु हुँदैन।  

उनीहरूका कतिपय विषयबस्तुको संवेदनशीलतालाई ध्यानमा राखेर गोप्य नै राखेमा उनीहरूले पनि गोपनीयताको अर्थ र महत्व बुझ्ने मौका पाउँछन्। फलस्वरुप उनीहरूले पनि गोपनीयताको अधिकार पालना गर्नेछन्। कुनै नियम बनाउने बेलामा उनीहरूलाई पनि सहभागी गराउनुपर्छ जसले गर्दा उनीहरूले आफ्नो स्वाभिमानको सम्मान महसुस गर्छन्। र उनीहरूले पनि तपाईलाई सम्मान गर्छन्। स्कूलमा हुने विभिन्न कार्यक्रम लगायत स्कूलको चुनावले पनि उनीहरूमा नियम पालनाको पक्षमा, समान व्यावहार गर्न र निष्पक्ष विचार राख्न सहयोग पु-याउँछ। त्यस्तै सही कामका लागि मात्र सहयोग गर्ने, स्वस्थ्य प्रतिस्पर्धा, राजनीतिको पृष्ठभूमि र संरचनाका बारेमा अहिले देखि नै जानकार गराउँछ।        

अभिभावकको जिम्मेवारी  

किशोरकिशोरीहरू अभिभावकलाई जहिले पनि प्रेरणास्रोतका रूपमा लिने गर्छन्। अभिभावकले उनीहरूका लागि सिपालु माली बन्ने प्रयास गरेमा उनीहरूले प्राज्ञिक ज्ञान, सामाजिक र व्याबहारिक सीप सिक्छन्। मानव र प्रकृतिसँग सकारात्मक सम्वन्ध राख्छन्। चारित्रिक निष्ठामा केन्द्रीत हुनेछन्, सकारात्मक आत्मसम्बन्ध, आत्मप्रभावकारिताको भाव र साहस विकास गर्नेछन्। मानव मूल्य, समानुभूति र सामाजिक न्यायको भावना विकास भएमा आफूलाई कुशल माली भएको अनुभूति गर्नुहोस्।  

उनीहरू अभिभावकसँग खुलेर कुरा गर्न, सहयोग गर्न र सहभागीता जनाउन चाहन्छन्। अभिभावकले पनि अवस्था हेरेर लचकता अपनाउने र योजना बनाउँदा, निर्णय वा कार्यक्रम गर्दा सहकार्य र समन्वय गर्नुपर्छ।  

उनीहरू अभिभावकसंग खुलेर कुरा गर्न, सहयोग गर्न र सहभागीता जनाउन चाहन्छन्। अभिभावकले पनि अवस्था हेरेर लचकता अपनाउने गर्नुपर्छ । कुनै पनि योजना बनाउँदा, निर्णय गर्दा र कार्यक्रम गर्दा उनीहरूसँग समन्वय र सहकार्य गर्नुपर्छ । यसबाट उनीहरूमा नेतृत्व लिने, अरूको विचारलाई सम्मान गर्ने, सहजीकरण गर्ने र समायोजन गर्ने क्षमता विकास हुन्छ। जसले गर्दा उनीहरू शारिरीक र मानसिक रूपमा व्यस्त र अभ्यस्त हुन्छन्।  

यो उमेरमा उनीहरू ग्याजेटमा बढी समय बिताउन चाहन्छन्। त्यसैले घरमा अन्य कुनै नियम भए ग्याजेटलाई पनि समावेश गरी नियम बनाउँदा सबैलाई स्वीकार्य र पालना गर्न सम्भव हुने खालको बनाउनु राम्रो। खासमा नियम सबैले बराबरी पालना गर्नुपर्छ। विषेश ग्याजेटका बारेमा स्पस्ट, नियम र समय तोक्ने। त्यही अनुसार नियम पालना भए नभएको बेलामा समीक्षा गर्ने र यसलाई निरन्तरता दिने। जसले बढी प्रभावकारी तरीकाले नियम पालना गरेको छ उसलाई प्रसंशा गर्ने। यसले गर्दा किशोरकिशोरी आफैंबाट प्रेरित भई नियममा बस्ने बानी बस्नेछ।  

अर्को कुरा, घरमा बेलुका सबै जना करिव ३० मिनेट जति सँगै बस्ने। दिनभरको समीक्षा गर्ने या त अनुभव सुनाउने। यसो गर्नाले उनीहरूमा जे भए पनि घरमा आएर भन्ने बानी बस्छ। फलस्वरुप किशोरकिशोरीको मनमा समस्याले डेरा जमाउन पाउँदैन र सम्भाव्य दुर्घटना हुनबाट बचाउँछ। यसले किशोरावस्थामा भएका किशोरकिशोरीमा मानसिक रूपमा आउने समस्याको रोकथाम गर्छ। र, उनीहरू खुसी भएर बाँच्न सिक्छन्।  

घरमा बेलुका सबै जना ३० मिनेट सँगै बस्ने। दिनभरको समीक्षा गर्ने या त अनुभव सुनाउने। यसो गर्नाले उनीहरूलाई जे भए पनि घरमा आएर भन्ने बानी बस्छ। फलस्वरुप किशोरकिशोरीको मनमा समस्याले डेरा जमाउन पाउँदैन र सम्भाव्य दुर्घटना हुनबाट बचाउँछ।

कोरोना भाइरसको माहामारीले सबै क्षेत्रमा असर पारेको छ। तीन महिनादेखि स्कूल बन्द छन्। बालबालिका भौतिक र सामाजिक वातावरणबाट टाढा छन्। घरभित्र सीमित भई एउटै दैनिक गतिविधिले दिक्क भएको अवस्था छ। अझ वयस्कहरूले ‘यो गर, त्यो नगर’ भनेको सुन्नुपर्दाको पीडा अर्कै छ। त्यसैले समय र परिस्थितिलाई त हामी केही गर्न सक्दैनौं तर हाम्रै बोलीवचन र व्यबहारबाट चाहिँ उनीहरूले तनाव भोग्नु नपरोस् भनेर सचेत भएमा उनीहरू मानसिक रुपमा स्वस्थ्य रहन्छन्।  

उनीहरूसँग महामारीको स्थितिमा हाम्रा सहयोगीका रूपमा कुनकुन पेशाले महत्वपूर्ण भूमिका खेलेको छ भन्ने बारेमा छल˚ल गरेमा उनीहरूले विभिन्न पेशाबारे विस्तृत जानकारी पाउनेछन्। त्यसबाट उनीहरूलाई पेशाका लागि चाहिने शैक्षिक योग्यता, विषयगत ज्ञान, यसको कार्य क्षेत्र, अवसर र चुनौती, समाजको सोच, आम्दानी, व्यत्तित्व, विषेश सीप, तालीम, जोखिम जस्ता पेशासंग जोडिएका प्रावधानको जानकारी मिल्छ। त्यसो गरेमा उनीहरूले आफ्नो क्षमतालाई त्यहीअनुसार आकार दिँदै मन पर्ने पेशा छनौट गर्न सक्छन्।  

यस सन्दर्भमा एउटा अनुभव बाँड्न चाहन्छु, एक जना १६ वर्षका भाइले लकडाउन अवधिमा ४ वटा पेशालाई छान्दै र छोडदै गरे। किनभने उनले कुनै पेशामा आफ्नो इच्छा, आम्दानी, स्वतन्त्रता आदि नपाएको महसुस गरे। ठीक छ त उनले सोचेको पेशामा आफूलाई राखेर अनुभव त गरे नि! समय आएपछि आफैं बुझ्नेछन् र निर्णय लिनेछन्। यसबाट के देखिन्छ भने उनी स्वस्थ छन् र त आशावादी भएर भविष्यबारे सोचिरहेका छन्।

(खड्का सुनगाभा वाटिका नेपालकी निर्देशक तथा मनोविमर्शकर्ता हुन् ।)

प्रकाशित: १३ असार २०७७ १७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App