१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

गाउँघर क्लिनिक सञ्चालन

आयुर्वेद सम्वन्धी लफ्याङमा आयोजित गाउँघर क्लिनिकमा सहभागी अतिथि एबं स्थानीय। तस्बिर: नागरिक

जिल्ला आयुर्वेद केन्द्र खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा गाउँघर क्लिनिक सञ्चालन गरेको छ। आयुर्वेद केन्द्रले वडा कार्यालय र स्वास्थ्यचौकी लफ्याङको सहकार्यमा बिहिबार आयुर्वेद सम्वन्धी एक दिने गाउँघर क्लिनिक सञ्चालन गरेको हो। गाउँघर क्लिनिकमा ९० स्थानीयको स्वास्थ्य जाँच गर्नुका साथै आयुर्वेद सम्वन्धी औषधि प्रदान गरिएको जिल्ला आयुर्वेद केन्द्रले जनाएको छ। गाउँघर क्लिनिक जिल्ला समन्वय समितिका प्रमुख एबं जिल्ला आयुर्वेद केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङले उद्घाटन गरेका थिए।  

गाउँघर क्लिनिककै अवशरमा आयुर्वेद केन्द्रले नसर्ने रोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। आयुर्वेदका डाक्टर अजय झाले गाउँघर क्लिनिकमा सेवा लिन आएका स्थानीयको स्वास्थ्य परिक्षण गरेका थिए। यस्तै, नसर्ने रोगको विषयमा एचए सन्तोष बजिमयले जानकारी गराएका थिए। वडाध्यक्ष निर्मल राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ शालिग्राम शर्मा पौडेल, डिएसपी नारायण चिमोरिया लगायतको उपस्थिति रहेको थियो।  

बिश्व योग दिवसको अवशरमा आगामी जेठ ७ गते दिक्तेलमा योग शिबिर सञ्चालन गर्ने तयारी गरिएको जिल्ला आयुर्वेद केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ। 

प्रकाशित: ५ असार २०७७ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App