१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेश २ मा चार पिसिआर मेसिन थप्ने निर्णय

परीक्षणको दायरा बढाउदै सरकार

प्रदेश २ सरकारले परीक्षणको दायरा बढाउन पिसिआर मेसिन थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।  

निर्देशक समितिको सोमबार बसेको बैठकले पिसिआर मेसिन संचालनमा रहेको जनकपुर, विरगंज र राजविराजको ल्याबमा एकएक पिसिआर मेसिन थप्ने र रौतटहको गौर अस्पतालमा प्रयोगशाला स्थापना गरी पिसिआर पिसिआर जडान गर्नेगरी निर्णय गरेको छ ।  

समितिले परीक्षण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ । पिसिआर परीक्षणको दायरा फराकिलो बनाउन ५० हजार भिटिएम खरिद गर्ने समेत निर्णय भएको  छ । प्रयोगशाला परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री खरिद गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ।  

निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ्ग स्टेसन बनाई व्यवस्थापन गर्ने निर्णय गरेको छ । काठमाण्डौं देखी तोकिएको क्वारेन्टिन सम्म जाँदाको खाना , खाजा लगायतको खर्च प्रदेश सरकारले बेहोर्नेगरी निर्णय गरेको छ ।  

प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकहरुको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई तोकेको छ । लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रको सहकार्यमा आवश्यक रणनीति लागू गर्ने निर्णय समेत गरिएको छ ।  

 

प्रकाशित: २६ जेष्ठ २०७७ १६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App