१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नारायणीलाई पुनः ‘जेनरल’ अस्पताल बनाइँदै

क्यापसनः नारायणी अस्पतालमा दमकल लगाई सरसफाइ गरिँदै। तस्बिर: नागरिक

लामो प्रतिक्षापछि नारायणी अस्पताल अब पुनः‘जेनरल’ अस्पताल हुने भएको छ। नारायणीलाई कोभिड अस्पतलाल बनाइएपछि वीरगन्ज क्षेत्रमासामान्य बिरामीका लागिपनिउपचार सेवा पाउन कठिनाइ भएको थियो। निजी अस्पतालले विभिन्न बहानामा चर्को शुल्क असुलीको गुनासो बढ्दो थियो भने नारायणी अस्पताललाई कोभिड–१९ बिशेष अस्पताल बनाएपछि नेसनलमेडिकल कलेजमा सारिएका ४० जना मृगौला रोगीमध्ये ५ हप्ताभित्र७जनाको मृत्यु भएको थियो। यसपछि नारायणीमा ‘जेनरल’ सेवा पुनः सञ्चालनको मागबढेर गएको थियो।  

सोमबार अस्पतालबाट ४४ जना कोरोनामुक्तभएर डिस्चार्ज भएपछि संघीय स्वास्थ्यमन्त्रालयको अनुमतिअनुसार पुनः ‘जेनरल’ स्वास्थ्य सेवा सुरु हुने भएको छ। नारायणीकै मातहतमा रहको गण्डकस्थित अस्थायी कोरोना अस्पतालले भने अब संक्रमितको लागि सेवादिने भएको छ।  

नेपाल सरकारले नारयणी अस्पताललाई बी लेबल कोभिड–१९ विशेष अस्पताल घोषणा गरेपछि गत वैशाख २ गतेदेखि आकस्मिक सहितकाअन्य सेवा बन्द थिए। अब भने ३ दिनभित्र सञ्चालनमाल्याइने वीरगन्जकानगरप्रमुखविजयकुमार सरावगीले बताएका छन्।  

अस्पतालमा भर्ना रहेका कोरोना संक्रमित गतशनिबार ९, आइतवार १८ र सोमबार ४३ जना गरी ७० जनानिको भएर डिस्चार्ज भएपछि अहिले कोरोना संक्रमित उपचाररत छैनन्।  

वीरगन्जमहानगरपालिका कार्यालयको बारुणयन्त्र(दमकल) लगाएर मंगलार बिहान अस्पतालको सफाइ गरिएको छ।पर्सामा अब संक्रमितलाई गण्डक अस्पतालमा बनाइएको नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा उपचारको लागि राखिने छ।७० शैयाको आइसोलेसनक्षमताको बनाइएको त्यस अस्पतालमा पहिलेदेखि २७जनाभर्ना छन्। 

प्रकाशित: १४ जेष्ठ २०७७ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App