१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा क्वारेनटाईनमा रहेका ६० जनाको पुनः स्बाव संकलन गरिने

कपिलवस्तु – जिल्लाको मायादेबी गाउँपालिका– १ पकडी स्थित छत्रपाली तिर्थादेबी उमाबिको क्वारेनटाईनमा रहेको ६० जनाको स्वाब पुनः सकंलन गरिने भएको छ। त्यही क्वारेन्टाईनमा रहेको ६५ जना मध्ये ५ जना युवामा कोराना भेटिएको थियो। मायादेबी गाउँपालिका– २ अभिरावका ३, साही पालिका– ८ बिजुवाका एक र सुुद्धोदन गाउँपालिका– ६ कर्माका एक युवामा कोरोना देखिएको थियो। ६५ जना मध्ये ६० जनाको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो।  सो क्वारेन्टाईनमा रहेको अन्य ६० जना संक्रमितसंगै संपर्कमा आएको हुन सक्ने भन्दै उनीहरुको आउने मंगलवार बैशाख ३० गते स्बाव सकलन गरिने गाउँपालिकाका स्वाब संयोजक महेन्द्र यादवले बताए।

‘पिसिआर टेस्टका लागि उनीहरुको स्बाव संकलन गर्न चाहिने आवश्यक सामाग्रीका लागि स्वास्थ्य कार्यालयसंग समन्वय गरेका छौ,’ उनले भने। उता कोराना संक्रमित भए पछि छत्रपाली तिर्थादेबी उमाबि क्वारेनटईन सहित गाउँपालिकालाई सिल गर्न आवश्यक जनशक्ति अभाव भएको यादवले बताए। ‘जनशक्ति नहुँदा काम गर्न निकै कठिनाई भएको छ,’ उनले भने ‘धेरै काम गर्नु छ तर जनशक्ति र स्वास्थ्य समाग्रीको अभाव छ।’ कोरोनो संक्रमित भेटिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डाक्टर यदुचन्द्र घिमिरेको नेतृत्वमा आएको चार सदस्यीय टोलीले प्रशासन कार्यालय, गाउँपालिकामा आवश्यक छलफल र समन्वय गरेकोे छ। गाउँ पालिकाको बैठकमा कोराना संक्रमितका बिषयमा अनुसंधान गर्न स्वास्थ्य संयोजक यादवको नेतृतवमा ३ सदस्यीय कार्यदखल बनाएको छ। यस्तै पालिका  बडा स्तीय समेत समिति निर्माण गरिएको छ। कार्यदललको संक्रमित युवाहरुको कन्ट्रयाक्ट हिस्ट्रीको काम अघि बढाएको छ। सिंक्रमितका अभिभावकसंग सम्पर्क गरिएको र अनुसन्धान थालिएको संयाजक यादवले बताए। 

उता बिजयनगर गाउपालिकामा आईतबार ५० जनाको स्वाब संलकन गरिएको छ। भारतका विभिन्न शहरमा बसेर लुकीछिपी प्रवेश गरि  क्वारेन्टाईनमा रहेकाहरुको स्वाब संकलन गरिएको हो। संकलित स्वाबलाई  पिसिआरका लागि राष्ट्रिय जन स्वास्थय प्रयोगशाला पठाइने जन स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए। सो गाउँपालिकामा १ सय ३ जनाका लुकीछिपी नेपाल प्रवेश गरि क्वारेन्टाईनमा रहेको मध्यको स्वाब सकलन गरिएको गाउापालिकाका स्वास्थ्य संयाजक यज्ञ अधिकारीले बताए। तत्कालका लागि ७५ जनाकोे स्वाब संकलनको लिस्ट बनाएको उनले बताए। यस अघि जिल्लामा ४ सय ५३ जनाको स्बाव सकलन गरिएको थियो। त्यस मध्ये १ सय ६३ जनाको रिपार्ट आइसकेको छ। जसमा ५ जना कोरोना संक्रमित भेटिएका थिए। बाँकीको अझै रिपोर्र्ट  आउन बाँकी छ। 

प्रकाशित: २८ वैशाख २०७७ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App