३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

उद्धारपछि होम क्वारेन्टाइनमा

खोटाङ, – खोटाङको रावाबेंसी गाउँपालिकाले थप १० जनालाई होम क्वारेन्टाइनमा राखेको छ । मजदुरीका सिलसिलामा हेटाै‌डा पुगे पनि काठमाडौंमा आई अलपत्र परेपछि रावाबेंसी गाउँपालिका–१ कुभिन्डेका १० स्थानीयलाई आइतबारदेखि होम क्वारेन्टाइनमा राखिएको हो । उनीहरूलाई १४ दिन अनिवार्य घरको छुट्टै कोठामा बस्ने कागज गराइएको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलो बताए । 

हेटौंडाबाट चार दिनअघि काठमाडौं पुगेपछि अलपत्र परेका उनीहरूलाई प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत जिल्ला प्रशासन कार्यालयबाट सवारी पास बनाएर जिपमार्फत गाउँमा ल्याइएको गाउँपालिकाले जनाएको छ । काठमाडौं पुगेपछि एक रात आकाशे पुलमुनि बिताएका उनीहरू दुई दिन प्रहरीको नियन्त्रणमा रहेका थिए । उनीहरूलाई एक दिन होटलमा राखेर आइतबार गाउँ ल्याइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । उनीहरू थपिएपछि रावबेंसीमा होम क्वारेन्टाइनमा बस्नेको संख्या ३३ पुगेको छ । 

प्रकाशित: २३ वैशाख २०७७ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App