१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उनीहरुलाई दीक्षित गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्रा.डा अजयकुमार मिश्र उपस्थित थिए। सो अवसरमा स्नातक तह उत्तीर्ण सात सय ९८ जना दीक्षित भए।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ पाँच सय ६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका एक सय ५७ जना विद्यार्थी दीक्षित भएका हुन्।

स्नातकोत्तरतर्फ कृषिका एक सय २३ जना, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी दुई ५२ विद्यार्थी दीक्षित भएका छन्। विद्यावारिधिमा दीक्षित भएका नौ जनामध्ये आठ जना कृषि र एक जना विद्यार्थी वन विज्ञानका हुन्।

विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो। विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो। रेग्मीले स्थापना दिवसका दिन दीक्षान्त समारोह सुरु गरेसँगै अब नियमित दीक्षान्त समारोह हुने विश्वास व्यक्त गरे।

सो अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षारोपण पनि गरिएको थियो। विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना हुँदैछ।

प्रकाशित: ३ असार २०८१ १८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App