coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

म्याग्दीमा एक युवामा डेंगी र स्क्रब टाइफसको संक्रमण

म्याग्दी- जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास बढिरहेका बेला जिल्लामै पहिलोपटक एकै बिरामीमा डेंगी र स्क्रब टाइफसको संक्रमण देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५, अर्मन सिर्कुमका १७ वर्षिय युवा दुवै रोगबाट संक्रमित भएका हुन् ।

एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि ल्याव परीक्षणमा डेंगी पोजेटिभ देखिएको मनोज घिमिरेले बताए । ‘यस सिजनकै पहिलो बिरामी हुनुहुन्छ,‘बिरामीको उपचार भइरहेको छ’डा. घिमिरेले भने । डेंगी लामखुट्टे र स्क्रब मुसाबाट सर्ने रोग हो ।

मौसम परिवर्तनसँगै मुसाबाट सर्ने स्क्रब टाइफसको लक्षण देखिएका बिरामीको आँखा रातो हुने, झाडापखला लाग्ने, टाउको दुख्ने, पसिना धेरै आउने, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो समस्या देखिने डा. घिमिरेको बताए । डेंगी र स्क्रब टाइफस एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्ने बताए । स्क्रब टाइफसबाट जोगिन घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणको लागि उपयुक्त विधि अपनाउने, मुसाको बासस्थान भत्काउनुपर्ने चिकित्सकको भनाई छ।

गतबर्ष म्याग्दीमा पहिलोपटक एक महिलामा स्क्रब टाइफस देखिएको थियो भने करिव १२ जना डेंगीबाट संक्रमित भएका थिए ।

 

 

 

 

 

प्रकाशित: ९ वैशाख २०७७ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App