८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा तेइस जना आइसोलेशनमा

विराटनगर - कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश नं.१ मा छ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन्। ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्। प्रदेशमा आइतबार साँझसम्ममा पिसीआर विधिबाट ३८७ जना स्वाव र  आरडिटी विधिबाट दुई हजार २८१ जनाको नमूना परीक्षण गरिएको छ।

धरानस्थ्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ। प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हाल छ सय ७६ पुगेको छ। होम क्वारेन्टाइनमा चार हजार २२३ जना छन् । प्रदेशमा १३ जनामा सङ्क्रमण देखिएकामा दुई जना नेपाली र ११ जना भारतीय नागरिक छन्। रासस

प्रकाशित: ८ वैशाख २०७७ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App