९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

२ हजार गरिब तथा विपन्न परिवारलाई जिमी ग्रुपको राहत

काठमाडौं – जिमी ग्रुपले दुई हजार भन्दा गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ। काठमाडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको हो। 

कोरोना भाइरस जोखिम नियन्त्रणको लागि सरकारले देश लकडाउन गरेपछि आर्थिक अभावमा परेका 
काठमाडौं उपत्यकका विभिन्न स्थान पुगेर खाद्यन्न सामग्री  प्रदान गरेको जिमी ग्रुपका प्रबन्ध निर्देशक जीवन चलाउनेले बताए। उनका अनुसार प्रत्येक विपन्न परिवारलाई चामल, दाल, नून, तेल र मस्यौरा लगायतका सामग्री उपलब्ध गराएको हो।

कोराना भाइरसको जोखिम नियन्त्रणको लागि विगत लामो समयदेखि सरकारले  गरेको लकडाउनका कारण विषेश गरि दैनिक ज्याला मजदुरी गर्ने कामदार मानिसहरू सबै भन्दा बढी मारमा परेका छन्। यो संकटका घडीमा थोरै भएपनि विहान बेलुकी श्रम गरेर खाने परिवारलाई राहत पुगोस भनेर सहयोग गरेका हौं’, उनले भने।  

आगमी दिनहरू पनि आम नागरिकको स्वास्थ्य सुरक्षा अभियानलाई आफूहरु निरन्तर लागि पर्ने उनको भनाई छ। 

प्रकाशित: ३ वैशाख २०७७ १५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App