२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना आशंकामा एकै परिवारका तीन जना पाटन अस्पताल भर्ना

असिम न्यौपाने

काठमाडौं- कोरोना संक्रमणको आशंकामा तीन जनालाई पाटन अस्पताल भर्ना गरिएको छ। पाटन अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माका अनुसार २८ दिन अघि लन्डनबाट फर्केका एकै परिवारका ३ जनालाई आसोलेसनमा राखिएको हो।

उनीहरुको र्‍यापिड टेष्टमा रिपोर्ट पोजेटिभ देखिएको छ। पीसीआर विधिबाट परीक्षणको लागि उनीहरुको थ्रोट स्वाव र रगतको नमुना संकलन गरी लागि टेकु स्थित केन्द्रीय प्रयोगशालामा पठाइएको शर्माले बताए। उनीहरु पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए।

 

प्रकाशित: १ वैशाख २०७७ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App