५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टाइनबाट घर फर्केकी थिइन् कैलालीकी संक्रमित महिला

 

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका वानं १ मा ६५ बर्षिय एक महिलामा कोरोना भाईरस कोभीड १९ को संक्रमण देखिएको छ। थ्रोट स्वाव जाँच गर्दा यि महिलामा कोरोनाको संक्रमण देखिएको श्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन्।

 यो सगै सुदूरपश्चिममा संक्रमितको संख्या ५ जना पुगेको छ। ५ जना संक्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भैरहेको छ। सेती प्रादेशिक अस्पतालका प्रवक्ता तथा आकस्किम कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश जोशीले सवैको अवस्था समान्य भएको बताएका छन्।

र्‍यापिड टेष्टमा नेगेटिभ देखिएकोलाई संक्रमण

कैलाली लम्की चुहा वानं १ मा संक्रमण देखिएका ६५ बर्षिय बृद्ध महिला र्‍यापिड टेष्टमा नेगेटिभ देखा परेपछि क्वारेन्टाईनवाट घर फर्केकी हुन। वीरगन्जको वसपार्कमा चिया पसल गर्ने उनी चैत १८ गते आएर लम्की बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा वसेकी थिइन्। र्‍यापिड टेष्ट गरेर नेगेटिभ देखिएपछि उनी सहित क्वारेन्टीनमा वसेका ५२ जना चैत २९ गते घर पठाइएको थियो। ५२ जना मध्ये १७ जना संक्रमण देखिएको महिलाकै परिवारका सदस्य र आफन्त थिए। ती सवै वीरगन्जमा उनी सँगै आएका हुन।

 उनको थ्रोट स्वावको जाँच गर्दा पोजेटिभ देखिएको हो। यि महिलामा पोजेटिभ देखिएपछि १७ जनालाई नै पुन क्वारेन्टाईनमा राखिएको छ। यस अघि नै बिश्वस्वास्थ्य संगठनले र्‍यापिड किट टेष्टको गुणस्तरियता नहुने भनेका वेला यो केसले र्यापड टेष्टको बिश्वसनियतामा प्रश्न खडा भएको बिज्ञ बताउछन्।

उनीसँगै वीरगन्जबाट ३४ जना वसमा आएको खुलेको छ। कैलाली लम्की चुहा १ की बृद्ध महिला वीरगन्जको वसपार्कमा चिसा पसल संचालन गर्ने गरेकी थिइन्। उनीसँग श्रीमान र नाती नातीना गरि परिवारका ४ सदस्य सँगै थिए। लकडाउन पछि अलपत्र परेको भन्दै पर्साको जिल्ला प्रशासनले ३४ जनालाई एक वसको व्यवस्था गरेर घर पर्‍याइदिने व्यवस्था गरेको थियो। उनीहरु ४ जना सहित २२ जना  उनीहरुकै आफन्त रहेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर वस्नेतले बताए । १७ जना लम्कीचुहा नगरपालिका १ र ५ जना बर्दगोरिया स्थित घर गए। वसमा आएका ४ जना लम्की चुहा नगरपालिका वानं ८ का हुन भने अन्य सुर्खेतको ५, दाङ १, अर्घाखार्ची १,दैलेख १ का रहेको कैलालीका रहेको प्रहरी नायव उपरीक्षक वस्नेतले बताए। यस अघि दुवैबाट फर्केका धनगढी उपमहानगरपालिका वाडा नं ५ का ३४ बर्षिय युवक, ३४ बर्षिय उनकै भाउजु, कैलाली लम्की चुहा नगरपालिका वानं ९ का २१ बर्षिय युवक र कंचनपुर बेदकोट नगरपालिका वानं १० का ४१ बर्षिय पुरुषलाई संक्रमण देखिएको थियो। उनीहरु सवैको उपचार सेती प्रादेशिक अस्पतालमा भैरहेको छ।

 

 

 

प्रकाशित: १ वैशाख २०७७ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App