coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना राहत कोषमा मध्यपूर्वबाट राजदूतहरुको सहयोग

युएई- खाडी तथा मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरुले कोरोना विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै कोरोना कोषमा रकम जम्मा गर्ने भएका छन्।

खाडिका युएई , कतार , ओमन , साउदी अरेबिया , बहराईन सहितका ९ राष्ट्रमा कार्यरत नेपाली राजदूतहरुले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम , नियन्त्रण तथा उपचार कोषमा एक महिना बराबरको तलब सहयोग गर्ने निर्णय गरेको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए।

महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेको स्थितिमा देश र देशवासीको जीवनरक्षाका लागि आफ्नो दायित्व सम्झेर नेपाल सरकारलाई सहयोग गर्ने संयुक्त निर्णय गरिएको ढकालले बताए। यसैगरी बहराईनका लागि नेपाली राजदूत पदम सुन्दासले कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितिमा हरेक नेपालीले राज्यलाई सहयोग गर्नुपर्ने बताए। उनले विश्वभरी छरिएर रहेका नेपालीहरुलाई कोरोनाबाट बच्न उच्च सावधानी अपनाउन आग्रह समेत गरेका छन्।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय राहतकोषमा यूएईका राजदुत कृष्णप्रसाद ढकाल, ओमानका शर्मीला पराजुली ढकाल, इजरायलका डा.अन्जान शाक्य , इजिप्टका झविन्द्रप्रसाद अर्याल , कतारका नारथनाथ भारद्वाज , कुवेतका दुर्गाप्रसाद भण्डारी , पाकिस्तानका सेवा लम्साल , बहराइनका पदम सुन्दास र साउदी अरेबियाका महेन्द्रप्रसाद सिंह राजदूतले एक महिनाको तलब सहयोग गर्ने भएका हुन।

प्रकाशित: ३० चैत्र २०७६ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App