५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा र्‍यापिड टेस्ट सुरू

कपिलवस्तु – कोरोना भाइरस (कोभिड–१९) को  र्‍यापिड टेस्ट शनिबारदेखि सुरू गरिएको छ। प्रदेश नं. ५ सरकारको स्वास्थ्य निर्देशनालयले २ दिन अघि कोभिड डाईग्नोटीस्ट टेस्ट किड जिल्लामा पठाएको थियो। शुक्रबार  टेस्टका लागि जिल्लाका २० जना ल्याबका कर्मचारीहरुलाई तालिम दिईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए।

उनका अनुसार ७ सय थान टेस्ट किड प्राप्त भएको छ। प्रदेशबाट आएका प्राविधिक टोलीले टेस्टका बिषयमा तालिम दिएको थियो।  स्वास्थ्य कर्मीका लागि पिपिई, आवश्यक केमिकल समेत आएको छ। यसका लागि पालिकाबाट २० जना कर्मचारी खटिएका छन्। शुक्रबार २१ जनाको र्यापिड टेस्ट संपन्न भएको प्रअिज दीर्घ नारायण पौडेलले बताए। ती सबैको रिपार्ट नेगेटिभ आएको छ। ‘ तालिम लिएका कर्मचारीहरूले जिल्लाभर क्वारेन्टाईनमा रहेका सबैको टेस्ट गर्ने छन’ उनले भने। जिल्लाभर शुक्रबार साझ सम्म ६ सय १७ जना क्वारेनन्टानमा छन्। सबैको र्यापिड टेस्ट हुने प्रअिजन पौडेलले बताए।

जिल्लाका १० पालिका संचालन गरिएको क्वारेन्टाईनमा ८ सय ४९ जना रहेकोमा शुक्रबार साँझ सम्म ६ सय १७ जना रहेको कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले बताए। २ सय ३२ जना १४ दिन क्वारेन्टाईनमा बसेर घर फर्किसकेका छन्। अहिले क्वारेनटाईनमा २७ महिला र बाकी पुरुष छन्। चैत १ देखि भारत तथा बिदेशबाट फर्ककाहरु क्वारेन्टार्ईनमा छन्। स्वास्थ्यकर्मी अनुसार टेस्टको परिणाम २० मिनेट भित्र देखाउछ। परिणाम पोजेटिभ देखाए थप  टेस्टका लागि प्रदेश सरकारको भैरहवामा संचालन रहेको ल्याबमा पठाईने प्रमुख भगतले बताए। त्यहा पिसिआरबाट परीक्षण गरिने छ। 

सामाजिक विकास समितिका प्रदेश नं. ५ का सभापति दीर्घ नारायण पाण्डेले प्रदेश सरकारलाई कोरोना रोकथामका सामग्री प्रदान गरेका छन्। पाण्डेले सामाजिक विकास मन्त्री सुर्दशन वराललाई सामाग्री हस्तान्तरण गरेका थिए। सहयोग गरेका सामाग्रीमा २ सय थान पिपिई, ५ हजार थान ग्लोव र ५ हजार थान मेडिकल मास्क प्रदान गरे। 

प्रकाशित: २९ चैत्र २०७६ १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App